‘हो हामीलाई थारु सभासद्हरुले टेरेनन्’

Dhaniram Chaudhary

थारु कल्याणकारिणी सभा (थाकस)ले सोमबार ‘राज्य पुनःसंरचना, संघीयता र आदिवासी जनजातिहरुको हक अधिकार‘ विषयक विचार गोष्ठी आयोजना गरेको थियो। जसमा जानजति नेता, थारु सभासद् र अगुवाहरुलाई निम्त्याइएको थियो।

नक्सालस्थित क्राउन प्लाजा होटलमा सबैलाई बिहान ११ बजे उपस्थितिका लागि निम्त्याइएको थियो। तर दिउँसो १ बजिसक्दा पनि थारु सभासद्हरु उपस्थित भएनन्। कार्यक्रममा केही संस्थाका एकात ब्यक्ति, केही जनाजति नेता, थारु युवा र पत्रकारहरुको उपस्थिति थियो। सभासद्हरुको नाक भने नेपाली कांग्रेसका रामचन्द्र चौधरीले जोगाइदिएका थिए। उनी एक्ला थारु सभासद् थिए- जो उक्त कार्यक्रममा उपस्थिति थिए।

कोही आउने छाँटकाँट नदेखिएपछि साढे १ बजे उक्त कार्यक्रम सुरु भयो। कार्यक्रममा थारु अगुवा राजकुमार लेखी र जनाजति नेता ज्योति दनुवारले कार्यपत्र प्रस्तुत गरे। डेढ घन्टे कार्यपत्रपछि फ्लोर ओपन गरिएको थियो। त्यसपछि सहभागीहरुले कार्यपत्रभन्दा पनि थाकसलाई आलोचना गरेका थिए।

पत्रकार तथा साहित्यकार कृष्णराज सर्वाहरीले थाकस पूरै लेखीको विचारमा चलेको आरोप लगाएका थिए। उनले भने, ‘थाकस लेखीको विचारमात्र चलेको छ। लेखीले जे भन्यो त्यहीमात्र भइरहेको छ। के धनिराम चौधरी (नवनिर्वाचित अध्यक्ष)ले थाकसलाई नेतृत्व दिन सक्दैनन्? के उनी आफैंसँग थाकस चलाउने हैसियत छैन। छ भने आफ्नो खुबी यहाँ देखाउसक्नुपर्योल। अरुको ब्यक्तिगत ऐजेन्डालाई संस्थाकै ऐजेन्डा बनाएर अघि बढ्नु राम्रो होइन।’

त्यतिमात्र हैन, थारु युवा आशिष चौधरीले पनि थाकसलाई आलोचना गरे। उनले यो कार्यक्रमको औचित्य थारु सभासद् बिना नहुने बताए। ‘तपाईँहरुको कार्यक्रममा सभासद्हरु किन आउँदैनन्। कि तपाईँहरुले उहाँहरुलाई निम्तो नै दिनुभएको छैन। यहाँ उठेका कुरा हामीभन्दा पनि सभासद्हरुलाई सुनाउनुपर्‍यो। किनकि उनीहरु नीति निर्माण गर्ने ठाउँमा छन्। हामी सुनेर केही फाइदा हुनेवाला छैन,’ उनले भने।

जवाफ दिने क्रममा सभाका अध्यक्ष धनिराम चौधरीले थारु सभासद्हरु आफूहरुलाई नटेरेको स्विकार गरे। उनले पटकपटक फोन गर्दा पनि नउठाउने, मेसेज पठाउँदा पढ्न नजान्ने गुनासो गरे। निमन्त्रणा बाँड्ने जिम्मा सभाका महामन्त्री आमिरी चौधरीले पाएका थिए। तर उनले फोन गर्दा पनि सभासद्हरुले नउठाएको बताए। उनले भने, ‘कल रिसिभ नगरेर सबैलाई म्यासेज गरेको थिएँ। तैपनि कसैले प्रतिक्रिया जनाएनन्।’

धनिधार चौधरीले थारु सभासद्हरुलाई चेतावनी दिँदै भने, ‘कि हाम्रो पछि आउनुस् कि हामीलाई पछि लगाउनुस्। यता नि नआउने उता नि केही नगर्ने प्रवृत्ति त ठीक होइन।’ उनले जनताले आफ्नो हक अधिकार सुनिश्चित गराउँछ भन्ने उद्देश्य ले नै त्यहाँ पठाएको हो। त्यसैले उहाँहरु जनताप्रति बफादार हुनसक्नुपर्योच।

सर्वाहरीको उत्तर भने न धनिराम चौधरीले दिए। न राजकुमार लेखीले नै दिए।

Leave a Reply to TimothyMat Cancel reply

Your email address will not be published.