अधिकारका लागि थारु विद्यार्थी एक हौं : दाङ अध्यक्ष दहित

2

बिनोद चौधरी, दाङ- थारु विद्यार्थी समाज दाङका अध्यक्ष सन्तोष दहितले थारु विद्यार्थीको अधिकारका लागि सबै थारु विद्यार्थी एकजुट हुनुपर्ने बताएका छन‍्। विद्यानिलकण्ठ बहुमुखि क्याम्पसले आयोजना गरेको कार्यक्रममा उनले थारु विद्यार्थीहरुले अधिकार र शिक्षा सँगसँगै लग्नुपर्ने अहिलेको आवाश्यक्ता रहेका बताए।

उनले भने, ‘थारु विद्यार्थी पढेरमात्र के गर्ने, उच्च निकायमा थारु समुदायको पहुँच छैन, अहिले पहुँच नभएर हजारौं थारु समुदायका युवा बेरोजगार छन्।’ उनले त्यो निकायमा पुग्न अबको विकल्प भनेको संघर्ष र आन्दोलनले मात्र पूरा हुने भएकाले त्यसका लागि सबै थारु विद्यार्थीहरु तयार हुनुपर्ने बताए।

कार्यक्रमको सम्बोधन गर्दै दहितले थारु विद्यार्थीको मुख्य एजेण्डा सरकारी तथा निजी विद्यालयमा थारु विद्यार्थीहरुको अनुपातमा थारु शिक्षक राख्नुपर्ने र सरकारी तथा गैरसरकारी कार्यालयमा थारु कर्मचारी अनिवार्य राख्नुपर्ने बताए।

अधिवेशनलगत्तै यो अभियान चलाउने दहितले जानकारी दिए। यो एजेण्डा कार्यान्वयन नभए देशमा ठूलो आन्दोल हुने उनको भनाइ थियो। उनले सबै विद्यालयमा अनिवार्य रुपमा थारु भाषाको पठनपाठन हुनुपर्नेमा जोड दिएका थिए।

थारु विद्यार्थी समाजका संगठन विभागका प्रमुख नविन चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा मानबहादुर चौधरीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी रहनेगरी ५१ सदस्यीय इकाइ कमिति विस्तार गरेको छ।

जसको उपाध्यक्षमा शेषमणि चौधरी, सचिवमा प्रमिला चौधरी, सहचिवमा दिपेन्द्र चौधरी, कोषाध्यक्षमा सुचना चौधरी, सदस्यहरुमा प्रेम चौधरी, सञ्जय चौधरी, अनिता चौधरी (ए) सुमित्रा चौधरी, अनिता चौधरी (बी) परेन्द्र चौधरी, सुरज चौधरी, रबिन चौधरी, सञ्जीव चौधरी, रुपिलाल चौधरीलगायत छन्।

त्यसैगरी पद्यमोदय पब्लिक नमूना उच्च माविमा भएको थारु विद्यार्थीहरुको भेलाले शिला चौधरीको अध्यक्षतामा ४७ सदस्यी थारु विद्यार्थी समाज इकाइ समिति गठन गरेका छ। जसको उपाध्यक्षमा प्रितम चौधरी, सचिवमा विक्रम चौधरी, सहसचिवमा रामकुमारी चौधरी, कोषाध्यक्षमा सुमित्रा चौधरी र सदस्यमा सविता चौधरी, रत्ना चौधरी, लुमा चौधरी, शान्ती चौधरी, मनिषा चौधरी, तिर्थराज चौधरी, मन्जु चौधरी, सोमराज चौधरीलगायत छन्।

अधिवेशन नजिकै गर्दा अधिवेशनलाई भव्यरुपमा सम्पन्न पार्न जिल्लाका क्याम्पस, प्लस टु, स्कूलमा आफ्नो इर्काकमिति विस्तारन गर्ने कार्यलाई तिव्रता दिइएको छ।

Leave a Reply to Robertnok Cancel reply

Your email address will not be published.