संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ब्यूँतिनुका कारण…

madhesi-leaders

काठमाडौं- सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने खबर भारतीय दूतावासबाट आएपछि रातारात मधेसवादी दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ब्यूत्याँएको थाहा भएको छ। पहिलो सविधानसभा विघटनपछि मधेसवादी दलको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भंग भएपछि दोस्रो सविधानसभा निर्वाचन भइसक्दा पनि मोर्चा ब्यूत्याउन सकेका थिएनन्।

मोर्चा बनाउन वा पार्टी नै एकीकरणका लागि पटक-पटक दलहरुको बीचमा प्रयास भएको थियो तर सफल हुन सकेका थिएन। यसअघि साउनमा प्रधानमन्त्री मोदीको भ्रमण हुँदा उनीहरुले निकै गाली खाएका थिए। त्यसबेला पनि मोदी नेपाल आउनु अघि भारतीय दूतावासले दलहरुको बीचमा एकीकरण अथवा मोर्चाबन्दी गराउन निकै कसरत गरेका थिए।

त्यसका लागि कार्यदलहरु पनि बनेका थिए। दर्जनौंपटक उनीहरु बैठक बसेर एकीकरण खाका तयार गरेका थिए तर सफल हुन सकेका थिएन। बिना मोर्चा बन्दी नै मोदीसँगको भेटघाटमा जाँदा मधेशी नेताहरुलाई मोदीले झपार्दै भनेका थिए- तपाईँहरु एक भएर आउनुस् यसरी छुट्टा छुट्टै आउँदा हामीलाई पनि कुरा गर्न असजिलो हुने गरेको भनेका थिए।

त्यसपछि पनि मधेसवादी दलहरुको बीचमा पटक-पटक मोर्चाबन्दीका लागि छलफल भएको थियो तर सफल हुन सकेको थिएन। जब सार्क सम्मेलनका लागि मोदी नेपाल आउँदैछन् र अन्य दलसहित मधेशवादी दललाई पनि भेट्ने सेड्युल बनेपछि मोदी आउनुको एकदिन अघि मधेसी नेताहरुले हतार हतार मोर्चा घोषणा गरेका छन्। मोर्चा घोषणा भएकै भोलीपल्ट अर्थात मंसिर ९ गते सोल्टी होटलमा साँझ मोर्चाकै हैसियतमा पाँच दल मधेशी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र राष्ट्रिय मधेश समाजवादीका अध्यक्ष शरदसिंह भण्डारीले मोदीसँग भेटघाट गरेका थिए।

भेटकै क्रममा मोदीले मधेसी नेतालाई बधाइ दिँदै भनेका थिए- मोर्चा गठन गरेर तपाईँहरु राम्रो गर्नुभयो । यो पहिला नै गर्नुपर्थ्यो । ढिलै भए पनि समयमा नै गर्नुभएको छ यसका लागि तपाई सबैलाई बधाई। यो मोर्चाबन्दीलाई सविधान निर्माणमा प्रयोग गर्नुस्। सविधान निर्माण भएपछि मात्र सबैको अधिकार सुनिश्चित हुन्छ र देशको विकास पनि हुन्छ।’

यसअघिको भेटमा यी नेताबाहेक फोरम गणताान्त्रिका राजकिशोर यादव, तराई मधेस अभियानका अध्यक्ष जयप्रकाश गुप्ता, कांग्रेसका नेता अमरेश कुमार सिह, एमाओवादीका नेता प्रभु साहलगायतका मधेसी नेतालाई संयुक्तरुपमा भेटेका थिए। यसरी भेट्दा मधेसवादी दलका नेताहरुले चित्त पनि दुखाएका थिए । मोर्चामा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र संघीय सद्‍भावना पार्टीका अध्यक्ष अनिल झालाई पनि ल्याउने सहमति भएको थियो तर हतार-हतार निर्णय गर्नुपर्ने भएकाले शरदसिंह भण्डारीबाहेक राजकिशोर यादव र अनिल झाको विषयमा कुरा हुन सकेको थिएन। स्रोत भन्छन्, राजकिशोर यादव मोर्चामा आउनु हुँदैन भनि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले रोकेका थिए भने अनिल झा आउनु हुँदैन भने सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले रोकेका थिए। यसरी मोर्चामा नरहेका अन्य मधेसवादी दलका नेताहरुले मोदीलाई भेट्न पाएका छैनन्।

रातोपाटीबाट साभार

Leave a Reply to CharlieGyday Cancel reply

Your email address will not be published.