साउदीविरुद्ध नेपाल १९५ रनले विजयी

Nepali_team

कुबेतमा आइतबार सुरु भएको एसिसी यु–१९ प्रिमियर क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियालाई १९५ रनको विशाल अन्तरले पराजित गरेको छ। ३ सय २२ रनको चुनौती पछ्याएको साउदी अरेबियालाई नेपालले १२६ रनमा समेट्यो। नेपाली बलिङ आक्रमणसामू साउदी अरेबिया ३७.५ अोभरमा अलअाउट भयो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि शंकर रानाको सानदार गर्दै ८९ रन बनाए। ८२ बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे।कप्तान राजु रिजालले ५३ बल खेली २ चौकासहित ४९ रन बनाए।

सुनिल धमला २६, प्रेम तामाङ ११, उपकप्तान आरिफ शेख ३३, योगेन्द्र कार्की १०, सौरभ खनाल २३ रनमा आउट भए। अन्तिम ओभरतिर जमेर ब्याटिङ गर्दै दीपेन्द्र ऐरीले नेपालको स्कोरलाई ३ सयभन्दा माथि पुर्‍याएका थिए। उनले ३२ बल खेली ४ चौका र १ छक्का प्रहार गरी ४३ रन बनाए। दीपेन्द्र आउट हुने अन्तिम खेलाडी थिए।

Leave a Reply to Edwardsmita Cancel reply

Your email address will not be published.