मधेसीसँग मिल्नुपर्ने भनेपछि तेजुलालको विरोध

Tejulal Chaudharyनेपाली कांग्रेसका सभासद् तेजुलाल चौधरीले थारुहरु मधेसीसँग मिल्नुपर्ने बताएका छन्। थारु कल्याणकारिणी सभाले मंगलबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले थारुहरु पनि मधेसीसँगै मिल्नुपर्ने बताएका हुन्। उनले पहाडका नेताहरुले थारुहरुको मर्म नबुझेको भन्दै मधेसीसँग मिल्नुपर्ने बताए। ‘पहाडका आदिवासी जनातजिहरु, पहाडका नेताहरु, पहाडका अधिकारकार्कीहरु थारुका मर्म बुझ्दैनन्,’ नाइटिङ्गेल स्कुलका प्रिन्सिपल समेत रहेका तेजुलालले भने, ‘त्यसैले थारुहरु मधेसीसँग मिल्नुपर्छ। उनीहरुसँग मिलेर जानुपर्छ।’

यो अभिब्यक्तिपछि कार्यक्रममा तेजुलालको चर्को विरोध भएको थियो। थारुहरु के कुरामा कम भएको भन्दै सहभागीहरुले सभासद् तेजुलालको विरोध गरेका थिए। यद्यपि उनी आफ्ना धारणा राख्ने बितिकै बाहिरिएकाले विरोध सुन्न पाएनन्। तेजुलाल चौधरी सप्तरी क्षेत्र नम्बर ५ बाट प्रत्यक्षमा विजयी भएका थिए।

कार्यक्रममा थारु कल्याणकारिणी सभाको पनि प्रस्ट एजेन्डा नभएको भन्दै केही सहभागीले आलोचना गरेका थिए।

यो पनि पढ्नुस्:

कांग्रेस एमालेमा बाहुनवाद : तेजुलाल चौधरी

 

Leave a Reply to JamesSic Cancel reply

Your email address will not be published.