थरुहट राज्यको ग्यारेन्टी गर्न माग : धनिराम चौधरी

tha.ka sa picकमला चौधरी– थारु कल्याणकारिणी सभाले तराईमा बहुप्रदेशसहित थरुहट राज्यको ग्यारेन्टी गर्न माग गरेको छ । नेपालमा सदियौदेखि तराईमा बसोबास गर्दै आइरहेका थारु समुदायको पहिचान मेटाउन मधेशको नाममा चलखेल भइरहेको भन्दै आफुहरुलाई कुनै पनि हालतमा थरुहट प्रदेश चाहिने सभाले जनाएको छ । असोज २९ देखि ३१ गतेसम्म झापाको विर्तामोडमा सम्पन्न भएको २१औं महाधिवेशनका निर्णय तथा समसामयिक विषयमा जानकारी गराउन बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सभाका केन्द्रिय अध्यक्ष धनिराम चौधरीले सो कुरा बताउनुभएको हो । उहाँले आफुहरु जातीय राज्यको पक्षमा नभएको बताउँदै थरुहट थारु समुदायको पहिचान भएको स्पष्ट पार्नुभयो । ‘थारु भनेको जाती हो थरुहट भनेको पहिचान हो ’ अध्यक्ष चौधरीले भन्नुभयो ।

उहाँले तराईमा थरुहट प्रदेशको ग्यारेन्टी सहित तीन प्रदेशभन्दा बढिको पक्षमा आफुहरु रहेको बताउनुभयो । पहाडको तुलनामा तराईमा जनसंख्या धेरै रहेकाले पहाडमा जती प्रदेश हुन्छ त्यतिनै प्रदेश तराईमा पनि हुनुपर्ने थारुहरुको माग रहेको अध्यक्ष चौधरीले बताउनुभयो । उत्तर दक्षिण समेट्ने संघियताको पक्षमा समेत थारु कल्याणकारिणी सभा नभएको प्रष्ट्याउँदै अध्यक्ष चौधरीले जनसङख्याकै आधारमा प्रदेश निर्माण गर्नुपर्ने बताउनुभयो ।सरकारले तराईका भूमिपुत्र थारुहरुलाई मधेशीको रुपमा व्याख्या गरेको प्रति आपत्ति जनाउँदै थारुहरु मधेशी नभई आदीबासी जनजाती रहेको बताउनुभयो ।

उहाँले पहिचान सहितको संघियता र संघियता सहितको संविधानको पक्षमा रहेको जिकिर गर्दै त्यसो नभए पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका थारुहरु आन्दोलित हुने चेतावनी दिनुभयो ।सो पत्रकार सम्मेलनमा २१ औं महाधिवेशनबाट पारित २१ बुँदे ज्ञापनपत्र समेत वितरण गरिएको थियो । पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभाका रुपन्देही सभापति रामबली चौधरी,सदस्य खुशीराम चौधरीले समेत बोल्नुभएको थियो ।

Leave a Reply to Jeromeuneni Cancel reply

Your email address will not be published.