थारु कल्याणकारिणी सभामा धनिराम निर्वाचित

 dhaniram

मदन चौधरी, विर्तामोड- थारु कल्याणकारिणी सभाको २१ औं महाधिवेशनले धनिराम चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । झापाको विर्तामोडमा आयोजित तीन दिने महाधिवेशनमा धनिरामले १ सय २२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रकुमार चौधरीले २० मत र राजेन्द्रप्रसाद चौधरीले ४ मतमात्र ल्याए । चन्द्र कुमार निवर्तमान अध्यक्ष पनि हुन् । 

त्यस्तै महिलातर्फ ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । १४ जनाको उम्मेदवारी परेपछि भएको चुनावमा उर्मिला चौधरी, कृष्णमाया चौधरी, यसोदा चौधरी, हरिदेवी चौधरी, इन्दिरा चौधरी, सरस्वती चौधरी, भागिरथी चौधरी, जानकी चौधरी र रामवति चौधरी छन् । फुलमति चौधरी, लक्ष्मी चौधरी, विष्णु चौधरी, परमेश्वरी चौधरी पराजित भएका छन् ।

elected

त्यस्तै भुगोलतर्फ २६ जना केन्द्रीय सदस्य सर्वसम्मतले विजयी भएका छन् । वियजी हुनेमा काठमाडौं उपत्यकाबाट राजकुमार लेखी र प्रेमीलाल चौधरी विजयी भएका हुन् । त्यस्तै बाबुराम चौधरी (रुपन्देही), भोजराज चौधरी (कपिलवस्तु), कन्नुलाल चौधरी (मोर?), उत्तम चौधरी (धनुषा), बुझाउना चौधरी (दा?), अमिरी चौधरी (सर्लाही), महिकरण सिंह थारु (महोत्तरी) दीपनारायण चौधरी (सुनसरी), कोमलप्रसाद थारु (बर्दिया), उचित नारयाण चैधरी (सप्तरी), रामकरण चौधरी (कैलाली), जीवलाल चौधरी (कञ्चनपुर), मोहनप्रसाद चौधरी (पर्सा), मानबहादुर चौधरी (सुर्खेत), नेमसिं थारु (बाँके), रामकृयण चौधरी (रौतहट), हरिनारायण चौधरी (झापा), वीरेन्द्र चौधरी (सिरहा), सन्तबहादुर महतो (चितवन), शिवनाथ चौधरी (मकवानपुर) विशननरायाण चौधरी (ताप्लेजु?) हृदयनारयाण चौधरी (बारा) इनरप्रसाद महतो (नवलपरासी) र जयराम पजियार (उदयपुर) छन् ।

विधानअनुसार केन्द्रीय समितिले ६ जना केन्द्रीय सदस्य मनोनित गर्नेछ । त्यस्तै केन्द्रीय उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्ष्लगायतको पद केन्द्रीय समितिले चयन गर्नेछ ।

Leave a Reply to Darrensow Cancel reply

Your email address will not be published.