चन्द्रकुमारले ल्याए विधान संसोधन प्रस्ताव, प्रतिनिधिहरुद्वारा विरोध

Banda satra tharu

विर्तामोड- बन्द सत्रमा विधान संसोधन प्रस्ताव पेस भएपछि सहभागी प्रतिनिधिहरुले चर्को विरोध गरेका छन्। सभाबाट अध्यक्ष चन्द्रकुमार चौधरीले विद्यान संसोधन प्रस्तु गरेका हुन्। विद्यान संसोधन विधान विपरीत नै रहेकाले प्रतिनिधिहरुले विरोध गरेका हुन्। महाधिवेशनमा विद्यान संसोधन  प्रस्ताव लानुअघि केन्द्रीय समितिमा छलफल हुनुपर्ने बताउँदै सहभागीहरुले विरोध गरेका हुन्।

प्रेमीलाल चौधरीले  कसले भनेर विद्यान संसोधन प्रस्तव पेस गरेको भनेर अध्यक्ष चन्द्रकुमार चौधरीलाई प्रश्‍न गरे। उनले भने, ‘विद्यान संसोधन प्रस्ताव लानुअघि केन्द्रीय समितिमा छलफल चलाइन्छ। के के संसोधन गर्नुपर्ने हो त्यसबारे बहस गराइन्छ।  तर केन्द्रीय समितिलाई थाहै नदिइकन कसरी संसोधन प्रस्ताव पेस गर्नुभयो। हामीलाई जानकारी गराउनुहोस्।’

अन्य वक्ताहरुले भने थारु युवाहरुलाई सहभागी गराउनुपर्ने धारणा राखेका छन्।

Leave a Reply to MichaelMes Cancel reply

Your email address will not be published.