दशैं तिहार पारेर षड्यन्त्र : दहित

Gopal Dahitगोपाल दहित– बहुमतको दुरुपयोग गरेर संविधान नै अपांग बनाउने तयाारी भएको छ। ठूला दलका नेताहरु हाम्रा धेरै अधिकार कटौती गरेर २०४७ सालको संविधान भन्दा कम्जोर संविधाान बनाउने तयारीमा रहेका छन्। साना विषयमा अल्झिएर मूल विषयमा छलफल नगरी समय कटाउने मेलो भएको छ। कांग्रेस एमालेका केही नेताहरुले संविधान नबनाउने कार्ड फाल्दैछन् ।

जातीय, वर्गीय, क्षेत्रीय र लैंगिक विभेद गर्न हाम्रो आन्दोलन हो। उत्तर दक्षिण जोडिएको प्रदेश बनाउँदा हाम्रो पहिचान स्थापित हुँदैन।

चितवन पश्चिम थरुहट प्रदेश बन्नुपर्छ। पर्सादेखि धनुषासम्म मध्य तराई सिमरौनगढ प्रदेश बन्नुपर्छ। त्यो भन्दा पूर्व थरुहट कोचिला प्रदेश बन्नुपर्छ। तराईमा तीनवटा प्रदेश बन्नुपर्छ।

अपरिवर्तनीयमा थप्नुपर्ने विषयहरु ः संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेसीकरण। यी चार विषय अपरिवर्तनीय हुनुपर्छ भन्ने हाम्रो माग हो।

कांग्रेस र एमालेका चारपाँचजना थारु सभासद्हरुले थारुकै विरुद्ध बोल्ने गरेका छन्।

दशैं तिहार पारेर मस्यौदा पारित गर्दा आन्दोलन गर्न सक्दैनन् चाडवाड भएकाले भनेर षडयन्त्र गरिरहेका छन्। हामीले दशैं तिहार नमनाएर आन्दोलन गर्नुपर्छ।

Leave a Reply to Williambepsy Cancel reply

Your email address will not be published.