कीर्तिपुरमा गुन्जियो थारु झंकार (भिडियोसहित)

काठमाडौं- थारु भाषा, साहित्य र संस्कृतिलाई प्रबर्द्धन गर्ने उद्देश्यले राजधानीको कीर्तिपुरमा ‘थारु सांस्कृतिक झंकार’  सम्पन्न भएको छ। कार्यक्रममा थारु गीतसंगीत तथा नृत्य प्रस्तुत गरिएको थियो।

dance tharu

कार्यक्रममा ‘जुनेलीके आश मे’ नामक गीती एल्बमको विमोचनसमेत गरियो। थरुहट तराई पार्टी नेपालका सभासद् तथा विधायन समितिका सभापति गंगा चौधरी र गायक नन्दु चौधरीले एल्बमको विमोचन गरे। एल्बममा नन्दुका अलवा दोषहरण चौधरी र रेनु चौधरीको स्वर सुन्न सकिन्छ।

tharu prgm-2

कार्यक्रममा ‘डिउली’नामक गजल संग्रहकोसमेत विमोचन गरियो। फोरम लोकतान्त्रिकका सभासद् जनक चौधरी र गंगा चौधरीले संयुक्तरुपमा उक्त गजलसंग्रहको विमोचन गरे।

tharu prgm-1

बाढीपीडितका लागि सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न थारु कलाकारहरुले गीतसंगीत तथा नृत्य प्रस्तुत गरेका थिए।

ashish prfrm

भिडियो हेर्नुस्:

Leave a Reply to BrettVow Cancel reply

Your email address will not be published.