आदिवासी जनजाति र थारु ककस बन्यो, थारु ककसको अगुवाई गोपाल दहितले गर्ने

Tharu Lawmaker 2014

काठमाडौं- अघिल्लो संविधानसभा मृत्युको धेरै रोगमध्ये एउटा रोग मानिएको ‘ककस’ फेरि जागेको छ। आज आदिवासी जनजाति सभासद्हरुले आज एउटा ककस बनाएका छन्। काठमाडौंको पाँचतारे रयाडिसन र एभरेष्ट होटलमा दर्जनौं पटक सभासद्हरुको गोप्य भेला गरिसकेपछि नयाँ बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा बसेर आज सभासद्हरुले ककस बनाएका हुन्।
स्रोतका अनुसार केही दिनभित्रै दलित सभासद्हरुको ककस बन्दैछ। यसका लागि दलित गैरसरकारी संस्था महासंघ क्रियासील रहेको स्रोतको भनाइ छ। यस बीचमा थारु ककस पनि बनेको छ।

आदिवासी जनजाति ककसको समितिमा कांग्रेसका दिलमान पाख्रिन र बहादुर सिं लामा, एमाओवादीका गणेशमान पुन र श्रीप्रसाद जबेगु, राप्रपाका परशुराम तामाङ, राप्रपा नेपालकी रामदुलारी चौधरी, थरुहट तराई पार्टीकी गंगा चौधरी (सत्गौवा), संघीय समाजवादी पार्टीका अशोक राई, दलित जनजाति पार्टीकी यशोदा लामा, खम्बुवान राष्टिय मोर्चाका रामकुमार राई (आरके खम्बू), संघीय लोकतान्त्रिक राष्टिय मञ्च थरुहटकी रुकमिणी चौधरी र राष्टिय जनमुक्ति पार्टीका शिवलाल थापा छन्।

ककसमा एमालेका भने कोही सभासद छैनन्। शनिबार इन्द्रेणी फुडल्याण्डमा केही एमाले सभासदलाई बोलाइएको र उनीहरुले त्यहिँ नाम दिने बताइएको छ।

आदिवासी ककसकैअन्तर्गत रहनेगरी थारु सभासद ककस पनि गठन भएको छ। यसका अगुवा गोपाल दहित छन् भने कांग्रेसका तेजुलाल चौधरी, एमालेका नागेन्द्र चौधरी, एमाओवादीका सन्त थारु, मधेसी जनअधिकार फोरमका योगेन्द्र थारु, राप्रपा नेपालकी रामदुलारी थारु र संघीय लोकतान्त्रिक राष्ट्यि मञ्च थरुहटकी रुकमिणी चौधरी छन्।

यसअघि नै मधेसी ककस बनिसकेको छ, जसको नाम मधेसी सभासद क्लब रहेको छ। यसले पनि मिडियालाई नबोलाई भूमिगत गोष्ठि गरिरहेको छ।

Leave a Reply to Williambepsy Cancel reply

Your email address will not be published.