थरुहट तराई जलमग्न हुँदा सरकार किन मौन? : थरुहट तराई पार्टी

Bardiya Flood-1
तस्बिरहरु : गोपाल दहित

थरुहट तराई जलमग्न हुँदासमेत सरकार मौन बसेको भन्दै थरुहट तराई पार्टी नेपालले खेद प्रकट गरेको छ। शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सो पार्टीले बाढी पहिरोले नेपाली जनतालाई आक्रान्त बनाउँदासमेत सरकार मौन बसेको आरोप लगाएका छन्।

Bardiya Flood-2

विज्ञप्तीमा भनिएको छ, ‘बाढी पहिरोले नेपाली जनतालाई अक्रान्त बनाउँदासमेत यसको समाधान तथा व्यवस्थापनको लागि पूर्व तयारीको सम्बन्धमा नेपाल सरकारले कुनै पहली कदम गरेको हुँदैन। जब पर्यो् राति त बुढी ताति भन्ने चरितार्थजस्तै जब दैविक तथा प्राक्रृतिक विपत्तिले नेपाललाई घप्लक्कै छोप्छ तबमात्र सरकारले केही गरेजस्तो गरी नेपाली जनताको आँखामा छारोहाल्ने काम गर्छ।’

Bardiya Flood-3

पूर्ण विज्ञप्ती पढ्नुस्
‘अबिरल वर्षाले देशै जलमग्न तर सरकार मौन’
तीन दिन देखी परिहकेको अबिरल वर्षाको कारण नेपालको थरुहट तराई जलमग्न हुनुको साथै पहाडी जिल्लाहरु पहिरोले आक्रान्त बनेको छ। लाखौं लाख जनताहरु घरबार बिहिन हुँदै सयौ मानिसहरु बाढी पैह्रोबाट हताहत भएका छन्। दैनिक उपभोग्य सामग्रीहरुको अभावमा जीवन मरणको दोसाधबाट जीवन यापन गरिरहेका छन्। यस्तो प्राक्रृतिक विपत्ती प्रति नेपाल सरकार रत्तिभर पनि गम्भिर तथा संवेदनशील छैन। लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले प्राक्रृतिक विपत्तिप्रति देखाएको उदासिनता प्रति थरुहट तराई पार्टी नेपाल खेद व्यक्त गर्दछ।
प्रत्येक वर्ष वर्षा याममा यसरी बाढी पैह्रोले नेपाली जनताहरुलाई आक्रान्त बनाउदै आइरहेको छ तर यसको समाधान तथा व्यवस्थापनको लागि पूर्व तयारीको सम्बन्धमा नेपाल सरकारले कुनै पहली कदम गरेको हुदैन। जब पर्योन राती त बुढी ताती भन्ने चरितार्थ जस्तै जब दैविक तथा प्राक्रृतिक विपत्तिले नेपाललाई घप्लक्कै छोप्छ तब मात्र सरकारले केही गरे जस्तो गरी नेपाली जनताहरुको आँखामा छारोहाल्ने काम गर्दछ। सरकारको प्रयास हुँदासम्म थुप्रै जन धनको क्षति भईसकेको हुन्छ। यसको पछिल्लो घटना सिन्धुपाल्चोकको राम्चे र माङ्खास्थित जुरेमा गएको पहिरोले सुनकोशी नदी थुनिएको घटनालाई लिन सकिन्छ। घटना भएको यतिका समय बितिसक्दा पनि सरकारले यसको व्यवस्थापनको लागि ठोस पहली कदम गर्नु त परै जाओस दुःखको नाममा गोहीको आँसु बगाइरहेको छ।
यो प्राक्रृतिक विपत्तिले सिंगो मुलुकलाई मर्माहित बनाएको केही दिन नबित्तदै फेरी अबिरल वर्षाको कारणले बाढीबाट तराईका कैलाली, बर्दिया, बाँके, दांग, चितवन, सिराहा, सप्तरी, सुनसरी, मोरंग, धनुषा, उदयपुर जिल्लाहरु जलमग्न भएका छन्। त्यसैगरी काठमाण्डौ उपत्यका लगायत पहाडी जिल्लाहरु जाजरकोट, रुकुम, सिन्धुली, भोजपुर, ओखलढुंगा, पाँचथरका अधिकांश भुभागमा पहिरोले गएका छन्। यस प्राक्रृतिक विपत्तिले गर्दा लाखौं लाख जनताहरु घरबारविहीनसँगै हताहत भएका छन। अरबौं अरबको जन धनको क्षति पुर्याेएको छ।
यस्तो गम्भिर प्राक्रृति विपत्ति बाढी पहिरो संग सामना गरिरहेका नेपाली जनताहरु प्रति राज्यसरकार मुकदर्शक भएर बस्न कदापी सुहाउदैन। यसर्थ नेपाल सरकार अविलम्ब यस प्रति अतिसंवेनशील भएर उद्धार तथा राहत कार्यको लागि आवश्यक कार्यगर्न अनुरोध गर्दछौं। साथै विभिन्न दातृ राष्ट्रिय, अन्तर्राष्ट्रिय निकाय, गैरसरकारी संघ संस्था, संगठनहरुलाई पनि बाढी पिडीतहरुको उद्धार तथा राहात कार्यको लागि सहयोग गर्न यस विज्ञप्ति मार्फत थरुहट तराई पार्टी नेपाल हार्दिक अनुरोध गर्दछ।
जयथरुहट
भानुराम थारु
अध्यक्ष
थरुहट तराई पार्टी, नेपाल केन्द्रीय समिति

Leave a Reply to HenryTow Cancel reply

Your email address will not be published.