पाँच हिरोसँग एक्ली सोनु

Actresss Sonu Tharuअभिनेत्री सोनु थारु फेरि एकपटक पर्दामा देखिने भएकी छन्। पश्चिम थारु भाषामा निर्मित फिल्म ‘मोर जंग’मा उनी देखिने भएकी हुन्। सुदूरपश्चिमबाट एक महिने सुटिङ सकाएर उनी राजधानी फर्किएकी छन्। उनले यो फिल्ममा पत्रकारको भूमिका निर्वाह गर्दैछिन्। समाजमा बढ्दो विकृति/विसंगतिको कथा बोकेको मोर जंगले आफ्नो करियरलाई थप बुलन्द पार्ने अभिनेत्री सोनु भन्छिन्। ‘मोर जंगले अहिलेको समाजमा बढ्दो विकृति/विसंगतिलाई देखाएको छ,’ उनले थारुवानलाई भनिन्, ‘त्यही विकृति-विसंगतिलाई चिरफार गर्न आफू पत्रकारको भूमिका निभएकी हुँ।’

समाजका मुद्दालाई मिडियामा उठाउँदा पत्रकारले जुन किसिमको तनाव झेल्छ। त्यही कुरालाई फिल्मले समेटेको अभिनेत्री सोनुले बताइन्। उनले यस्तो सहसिक चरित्र निभाउँदा निकै आन्नद लागेकी बताइन्। ‘समाजका मुद्दालाई एउटा पत्रकारले उठाउँदा जुनकिसिमको प्रेसर आउँछ। त्यही कुरालाई फिल्मले देखाएको छ,’ उनले भनिन्, ‘यस्ताखालको चरित्रले अभिनयप्रति झनै उत्प्रेरणा दिनेरहेछ।’

सोनुबाहेक फिल्ममा पाँच हिरोले अभिनय गरेका छन्। सोनुसँग संगत चौधरी, शिवराज, श्याम चौधरी, कपिल र श्यामलले अभिनय गरेका छन्। श्यामलाल र कपिल फिल्मका निर्मातासमेत हुन्। उनका अलवा फिल्ममा निकु चौधरीको पनि लगानी छ।

राजकुमार श्रेष्ठको निर्देशन रहेको मोर जंग दशैंमा रिलिज गरिने अभिनेत्री सोनुले बताइन्।

यसअघि सोनुले दरार फिल्ममा अभिनय गरेकी थिइन्। उनी सो फिल्मका निर्मातासमेत हुन्। उनले बफ्नो अगामि फिल्म ‘तु मिल्गेलो र मस्तैली’को चाँडै सुटिङ सुरु गर्ने बताइन्।

Leave a Reply to WesleyWouts Cancel reply

Your email address will not be published.