मधेसी नेतालाई सबक सिकाउन बोलेका थिए मोदीले नेपाली

Modi Sambodhan

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार व्यवस्थापिका–संसदलाई नेपाली भाषामा सम्बोधन गर्दा सबै चकित भए। ४८ मिनेट लामो भाषणका क्रममा उनले पहिलो तीन मिनेट नेपालीमा बोलेका थिए। धेरैले उनले ‘नेपालीहरुको भावना जित्‍न’ नेपालीमा भाषण दिएको ठाने।

तर काठमाण्डु टुडेलाई प्राप्त जानकारीअनुसार मोदीले मधेस केन्द्रित दलका नेतालाई सबक सिकाउन मोदीले नेपालीमा बोलेका हुन्। अधिकांश मधेस केन्द्रित दलका नेताहरु संसद्, संविधानसभा वा सार्वजनिक मञ्चहरुमा बिरलै नेपाली बोल्छन्। व्यवहार हेर्दा यस्तो लाग्छ कि उनीहरुलाई नेपाली बोल्नमा लाज लाग्छ। तर मोदीले गर्वका साथ नेपाली बोले।

‘मोदीले नेपालीमा भाषण गरिरहँदा हामील ताली बजायौं’, एक सभासदले भने, ‘तर मधेस केन्द्रित दलका सभासद लाजले मुण्टो निहुराएर बसेका थिए।’ धार्मिक रुपमा कट्टर धारणा राख्‍ने मोदी आफ्नो भाषा र संस्कृतिलाई अगाध प्रेम गर्छन्। त्यसैले उनले सदनमा समेत सधैं हिन्दी बोल्ने मधेसी नेतालाई नेपालीमै बोल्न प्रेरण मिलोस् भन्ने हेतुले त्यसो गरेका हुन सक्छन्।

सम्बोधनका क्रममा मोदीले एकपटक पनि मधेस शब्द उच्चारण गरेनन्, बरु हिमाल, पहाड र तराई जुट्ने संविधान बनाउन अपिल गरे। स्वदेश फर्कनुअघि हायत होटलमा मधेसी दलका नेतालाई सामूहिक रुपमा भेला पारेर मोदीले निर्देशनकै शैलीमा क्षेत्रीय राजनीति नगर्न भने। उनले मधेसका मात्र कुरा नगरी समग्र नेपालको कुरा गर्न आग्रह गरे। मोदीले चेतावनीकै भाषामा पहाडको विरोध गरेर मधेसको समस्या समाधान हुन्छ भन्ने नठान्न पनि मधेसी नेताको ध्यानाधर्षण गराए।

Modhi_Terai madhesh Neta haru lai vet

मोदीको अनपेक्षित व्यवहारबाट मधेसी नेताले लज्जाबोधको अनुभूति गरेका छन्। मोदी भेटेर बाहिरिने क्रममा तमलोपा अध्यक्ष महन्थ ठाकुरले स्पष्ट शब्दमा आफूहरुको अपमान भएको बताए। आफूहरु एक्लाएक्लै भेटका लागि लायक भए पनि सामूहिक रुपमा भेटेको भन्दै ठाकुरले असन्तुष्टि जनाए।

यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि उनीहरुलाई सामूहिक रुपमै भेटेकी हुन्। त्यतिबेला यस्तो असन्तुष्टि व्यक्त भएको थिएन। सामूहिकरुपमा भेटिएकोमा भन्दा मोदीले तराईँको मात्र नभइ समग्रह मुलुकको हितमा सोच्न आग्रह गरेपछि मधेस केन्द्रित दल झस्किएका हुन्। राजनीतिक शास्त्रका प्राध्यापक डा. सरेन्द्र केसी मधेसी नेताले नेपाली भाषा बिर्सेकाले मोदीले सम्झाइदिएको टिप्पणी गर्नछन्।

हिन्दी नभइ आफ्नै मौलिक भाषा अवधि, मैथली र थारु भाषामा बोल्न मधेसी नेतालाई मोदीले स्पष्ट सन्देश दिन खोजेको उनको भनाइ छ।  ‘पहाडको विरोध गर्ने नाममा मधेसी दलहरुले नेपाली भाषा र धरातल बिर्सिएका थिए’, केसीले भने, ‘मोदीले तिमीहरुको भाषा हिन्दी होइन नेपाली हो भन्ने स्मरण गराउन खोजेका हुन्।’

काठमाण्टु टुडेबाट साभार

Leave a Reply to WesleyWouts Cancel reply

Your email address will not be published.