नेपाल समूहका चार र ओली समूहका दुई थारु केन्द्रीय सदस्य निर्वाचित

baijnath and balbirकाठमाडौं- नेकपा एमालेको नवौं महाधिवेशनले केन्द्रीय सदस्यमा ६ जना थारु नेता निर्वाचित भएका छन्। चार जना पूर्ण र दुई जना वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। एक हप्ता लामो भएको महाधिवेशनबाट पर्णमा पर्साका नागेन्द्र चौधरी, बाराका वलवीर चौधरी र नवलपरासीका वैजनाथ चौधरी र वलदेव चौधरी निर्वाचित भएका छन्। त्यस्तै वैल्पिकतर्फ भगवति चौधरी र मेटमणि चौधरी निर्वाचित भएका हुन्।

नागेन्द्र र वैजनाथ, वलदेव र मेटमणि अध्यक्षमा पराजित माधवकुमार नेपाल समूहका हुन्। वलवीर चौधरी र भगवति चौधरी भने ओली समूहका हुन्।

वलवीर चौधरी बारा क्षेत्र नम्बर पाँचका निर्वाचित सभासद् हुन्। उनले नेपाली कांग्रेसका उमाकान्त चौधरीलाई पराजित गरेका थिए। त्यस्तै वैजनाथ चौधरी नवलपरासी क्षेत्र नम्बर ४ का निर्वाचित सभासद् हुन्। मधेसीको सूचीबाट हटाउन चौधरीले संविधान सभामा विधेयक संसोधनको प्रस्ताव लगेपनि अन्तिम समयमा पार्टीको दबाबमा फिर्ता लिएका थिए। उनी यसअघि पनि एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। नागेन्द्र चौधरी भने पर्साका सामानुपातिक सभासद् हुन्।

त्यस्तै वलदेव चौधरी, मेटमणि चौधरी र भगवति चौधरी पनि मधेसी कोटाबाट उम्मेदवारी दिएका हुन्। भगवति चौधरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग दोस्रो संविधान सभामा पराजित भएकी थिइन्। उनी पहिलो संविधान सभामा एमालेबाट समानुपाति सभासद् बनेकी थिइन्।

नेतृत्व छनोटका लागि भएको चुनावमा नेपाल र ओली समूहका गरी दस जना थारुले उम्मेदवारी दिएका थिए। नेपाल समूहबाट नागेन्द्र चौधरी र दाङका महेश चौधरी खुलामा, जनजातिमा वैजनाथ चौधरी, तराई मधेसमा वलदेव चौधरी (पूर्ण) र मेटमणि चौधरी (वैकल्पिक)का उम्मेदवार थिए। त्यस्तै नेपाल समूहबाट केन्द्रीय अनुशासन आयोगमा लालमणि चौधरी र बाबुराम चौधरी उम्मदेवार थिए।

ओली समूहमा भने मधेसीतर्फमात्र थारु उम्मेदवार थिए। मधेसीबाट नेपाल समूहका  नरुलाल चौधरी पनि पूर्णका उम्मेदवार थिए।

नेपाल सरकारले थारुलाई मधेसीको सूचीमा राखेको भन्दै आन्दोलन गरिरहेका भए पनि एमालेको नवौं महाधिवेशनमा पाँच थारु उम्मेदवार मधेसी कोटाबाट उम्मेदवारी दिएका थिए।

एमालेको नवौं महाधिवेशनबाट यसअघि नै केपी शर्मा ओली अध्यक्षमा निर्वाचत भएका थिए। उनले माधवकुमार नेपाललाई ४८ मतले पराजित गरी विजय बनेका थिए।

नोट : यसअघिको समाचार केही ब्यक्तिको नाम छुटेकाले सच्याइएको छ।

Leave a Reply to DavidIdeof Cancel reply

Your email address will not be published.