‘सरकारमा थारु खोइ? कि कांग्रेस-एमालेमा थारु सभासद् छैनन्?’

Ganga Chaudhary_tharuhat_tarei_party_nepal_lawmakerकाठमाडौं- थरुहट तराई पार्टी नेपालकी सभासद गंगा चौधरीले सरकारमा एकजना पनि थारु सभासदलाई नसमेटेको भन्दै आपत्ति जनाएकी छिन्। बुधबार बसेको संविधानसभाको बैठकमा एमाओवादीकी सभामुखकी उम्मेदवार ओनसरी घर्तीको नाममा सहमति जनाउँदै चौधरीले भनिन्, ‘सरकार किन थारुको सहभागीता हुन सकेन? के कांग्रेस एमाले पार्टीमा थारु आदिवासी जनजाति सभासद छैनन्?’

उनले कांग्रेस-एमालेलले थारु जातिका सभासदलाई बाइपास गरेर अघि बढे सरकार कति दिनसम्म टिक्ला भनेर प्रश्न समेत गरिन्। उनले अन्यायका विरुद्धमा थारु आदिवासी जनजाति सभासदहरु एकजुट हुनु पर्नेमा जोड दिइन्। चौधरीले उपसभामुखमा दुई महिलावीच प्रतिस्पर्धा हुनु राम्रो कुरा भएपनि आफ्नो पार्टीको निर्णय अनुसार एमाओवादीकी उम्मेदवार घर्तीलाई समर्थन गरेको बताइन्।

यस्तै अर्की थारु सभासद संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष एवम् सभासद रुकमिनी चौधरीले उपसभामुखको निर्वाचनमा महिलामात्रै उम्मेदवार हुनले राम्रो सन्देश दिएको बताइन्। उनले भनिन्, ’महिला-महिलाबीच प्रतिस्पर्धा हुनु राम्रो कुरा हो। यसले महिलाहरुले पनि पुरुषहरुसँग प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने सन्देश दिएको छ।’

Leave a Reply to WesleyWouts Cancel reply

Your email address will not be published.