थाकसको सम्मान खाए थारु सभासद् (फोटो फिचर)

Tharu_lawmakers-1काठमाडौं– थारू कल्याणकारिणी सभाले विभिन्न दलबाट प्रतिनिधित्व गरेका थारू सभासदलाई आइतबार सम्मान गरेको छ। नेपाली कांग्रेसका पद्मनारायण चौधरी, रामचन्द्र चौधरी, दिलीप गच्छदार खवास, भोटनीदेवी खवास, नेकपा एमालेका बलवीर चौधरी, मञ्जु चौधरी, एकीकृत माओवादीका दिलमाया धामी, अञ्जना चौधरी, दुर्गा चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जनकराज चौधरी, कल्पना गच्छदार, थरुहट तराई पार्टी नेपालकी गंगा थारूलगायत सभासद सम्मानित भएका हुन्।
सभाका अध्यक्ष चन्द्रकुमार थारूले थारू समुदायको हकहित सुनिश्चित गर्नका लागि सभासदहरूलाई ध्यानाकर्षण गराएका थिए। कल्याणकारिणी सभाले संविधान लेखनमा जुट्न आग्रह गर्दै सबै सभासदलाई डायरी उपहार दिएको थियो। सम्मानित सभासदले आफ्नो समुदायको मुद्दाप्रति गम्भीर रहेको बताएका थिए।
Tharu_lawmakers-2दारुमा बेचिएका थारु
थरुहट तराई पार्टी नेपालबाट समानुपातिक सभासद् भएका गंगा थारुले संविधान सभाको दोस्रो चुनावमा थारुहरु दारु आफूलाई बेचिएको आरोप लगाइन्। ‘दारु खाने थारुहरु दारुमा भोट बेचे,’ उनले भनिन्, ‘त्यसैले हामी त्यस्ता थारुप्रति सचेत हुनुपर्छ।’ उनले थारु खाने नेताहरुले थारु जनतालाई अधिकारबाट विस्थापित गरेको आरोपसमेत लगाइन्।
उनले ४० लाख रहेको थारुलाई अधिकार वञ्चित गरेको आरोप लगाउँदै संविधान सभाबाट त्यस्ताको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिन्। उनले आफ्नो पार्टीको बखान गर्दै भनिन्, ‘थरुहरुको मुद्दालाई थरुहट तराई पार्टीले संसद्‍मा उठाएको छ। अन्य पार्टीका सभासद्हरुलाई पनि थरुहट मुद्दामा केन्द्रीत हुन अनुरोध छ।’
उनले थारुहरुको पनि ककस बन्नुपर्ने बताइन्। ‘आदिवासी जनजातिको ककस हुन सक्छ भने थारुको किन हुन सक्दैन,’ उनले प्रश्न गर्दै भनिन्, ‘अब थारुको ककस बनाए संविधान सभामा आफ्नो माग सुनिश्चित गराउनुपर्छ।’

Tharu_lawmakers-6, Dilip khawas Gachhadarथरुहरु एकजुट हुनुपर्छ
नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका दिलीप खवास गच्छदारले सबै थारुहरु एकीकृत भएर अगाडि बढ्नुपर्ने बताए। उनले थारुहरु नमिलेसम्म थारुका मुद्दा उठाउन गाह्रो पर्ने बताए। ‘हामीले हाम्रा मुद्दाको लागि एकजुट हुनैपर्छ। हामी नै एकजुट नभए थरुहटका मुद्दा उठाउन गाह्रो पर्छ,’ उनले भने। उनले आफ्नो पार्टीले पनि थारुका मुद्दाप्रति गम्भीर रहेको बताए।

Tharu_lawmakers-7, Balbie Chaudharyथरु कल्याकारिणी सभाको बखान
नेकपा एमालेको बारा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका वलवीर चौधरीले थारु कल्याणकारिणी सभाको बखान गरे। ‘मैले सोचेको थिएँ कि थारु कल्याणकारिणी सभा निदाएको छ। तर यो भब्य कार्यक्रम गरेको देखेर लाग्यो थारु कल्याणकारिणी सभा निदाएको रहेनछ।’ ११ बजेबाट सुरु हुने भनिएको कार्यक्रम सुरु हुँदा १ बजेको थियो। समयको ब्यंग्य गर्दै उनले भने, ‘थरु कल्याणकारिणी सभाले कहाँ ढिला गर्योल। ढिला त शपथ खुवाउने बेला गर्योज। राज्यले ढिला गर्यो्।’
थारु इतिहासको चर्चा गर्दै वलवीरले थारु जातिको उत्थानका लागि थारु कल्याणकारिणी सभाको ठूलो देन रहेको बताए। उनले पनि थारु मुद्दाप्रति थारु सभासद्हरु गम्भीर हुनुपर्ने बताए।
दोस्रो संविधान सभाको निर्वाचनमा वलवीर चौधरीले कांग्रेसका उमाकान्त चौधरीलाई पराजित गरेका थिए।

Tharu_lawmakers-8, Anjana Chaudharyपहिचानसहितको संघीयता चाहियो
एकीकृत माओवादीबाट समानुपातिक सभासद् भएका अन्जना चौधरीले पहिचानसहितको संघीयता आवश्यक रहेको बताइन्। थारु कल्याणकारिणी सभाका पूर्व महामन्त्रीले पेस गरेको अवधारणा पत्रबारे बोल्दै उनले एकल र बहुजातीय भन्दा पनि पहिचानसहितको संघीयताको चाहिएको बताइन्। उनले एकल र बहुजातीयतिर नलाग्नुपर्ने बताएकी थिइन्।

Tharu_lawmakers-9, Janakraj Chaudharyथारुको पहिचान स्थापित गरौं
विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका जनकराज चौधरीले थारुहरुले आफ्नो पहिचान स्थापित गर्न नसकेको बताए। ‘थारुको आफ्नै भाषा छ, आफ्नै संस्कृति छ, आफ्नो रीतिरिवाज र परम्परा छ, आफ्नै भेषभुषा छ,’ उनले भने, ‘तैपनि हामीले आफ्नो पहिचान स्थापित गर्न सकेका छैनौं।’
यसअघि शिक्षण पेसामा आबद्ध रहेका उनले थारुले आफ्नो पहिचान बनाउन नसकेकै कारण बाराम्बार मधेसी बन्न परेको स्पष्ट पारे। उनले गंगा चौधरीको विचारमा सहमत हुँदै थारुहरुको पनि ककस बन्नुपर्ने बताए।

Tharu_lawmakers-10, Durga Chaudharyम वास्तविक पीडित महिला हुँ
अर्की सभासद् दुर्गा चौधरीले आफू वास्तविक पीडित महिला भएको बताएकी छन्। उनले आफून १२ वर्ष अर्काको घरमा कमलरी बसेर नर्क जीवन बिताएको बताइन्। भावविह्व हुँदै उनले भनिन्, ‘मलाई मेरो पीडा सुनाउने मन थिएन। तर म सुनाउँछु। किनकि यो थारुहरुको भेला हो।’ मुक्त कमैया समाजमा आबद्धसमेत रहेकी उनले थारुमात्र नभएर आफू यो देशकै लागि संघर्ष गर्ने बताइन्।
पहिलो संविधान सभामा एमालेबाट शान्ता चौधरीले कमलरीको प्रतिनिधित्व गरेकी थिइन्।

Tharu_lawmakers-11, Kalpana Gachhdarप्लिज माननीयज्युहरु! आफ्नै पहिरणमा आउँदा राम्रो होला
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको समानुपातिक सभासद् भएकी कल्पना चौधरीले संविधान सभामा होस् या अन्य कार्यक्रममा आउँदा सबै सभासद्लाई थारु पहिरणमा उपस्थित हुन अनुरोध गरिन्। नेपाली भाषामा भाषण गरिरहेका सभासद्हरुलाई उनले थारु भाषामै बोल्नसमेत आग्रह गरिन्। यसले एकले अर्काको भाषा थाहा पाइने उनको भनाई थियो।
उनी आफैंले पनि ‘म मोरङिया थारु हुँ’ भन्दै त्यहाँको स्थानीय भाषा प्रयोग गरेकी थिइन्।
Tharu_lawmakers-5
म अलि जिद्धी छु
एमालेको उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी मन्जु चौधरीले आफू जिद्धी भएकी महिला भएको बताइन्। उनले आफूले भनेको चिज गरेरै छाड्ने बताइन्। ‘म अलि जिद्धी स्वभावकी छु। तेही भएर जे भन्छु गरेरै छाड्छु,’ उनले भनिन्। उनले शान्ति, संविधान र विकासको लागि आफू प्रतिबद्ध रहेको बताइन्।

Tharu_lawmakers-12, Padmanarayan Chaudharyथारु भाषालाई जोड दिउँ
नेपाली कांग्रेसको सिरहा क्षेत्र नम्बर १ बाट विजयी भएका पद्मनारायण चौधरीले नयाँ संविधान सम्बन्धमा राजनीतिक दलहरुले आआफ्ना सभासद्सँग सल्लाह लिनुपर्ने बताए। उनले भने, ‘एकातिर जातीय समुदायबाट प्रतिनिधित्व गराइन्छ, अर्कातिर भाषा संस्कृति, लिपीलाई विकास हुन दिइँदैन। भाषा संस्कृतिलाई समृद्ध नबनाई कसरी जातीको विकास हुन्छ ? हामीले आफ्नो भाषा छाड्छौं भने मधेसी होइनौं थारु हौं भन्नुको के अर्थ हुन्छ ? हामीले थारु भाषालाई जोड दिनुपर्छ।’ उनी नेपाली कांग्रेसबाट मन्त्री हुने लाइनमा छन्।

Tharu_lawmakers-3थारुलाई मधेसी भने आन्दोलन गर्छौं
थारु कल्याणकारिणीका अध्यक्ष चन्द्रकुमार चौधरीले भने थारुलाई जालझेल गरेर मधेसी बनाएको आरोप लगाए। उनले यस्तो अब कदापि नमानिने स्पष्ट पारे। ‘अहिलेको संविधान मात्र होइन कानुनबाट पनि थारुलाई मधेसी बनाइएको छ। यो जालझेलविरुद्ध अब आन्दोलन गर्छौं,’ उनले भने, ‘हामी थारुको भाग्य निर्धारण गर्ने ती मधेसी को हुन् ? हाम्रो पहिचान मेट्न खोज्ने यो सरकार को हो ? हामी सबैलाई आन्दोलनबाट ठेगान लगाउँछौं।’

Leave a Reply to Scottlok Cancel reply

Your email address will not be published.