प्रशासनको सूचनापछि धमाधम कमलरी फर्काइँदै

kamalari return in kailali-1

कैलाली- कैलालीका तीन मालिकहरुले आफ्नो घर राखेका कमलरीलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्। जिल्ला प्रशासन कार्यालयले कमलरी फर्काउन १५ दिने सार्वजनिक सूचना आह्वान गरेपछि मालिकहरुले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय धनगढीमा बुझाएका हुन्।
ती कमलरीलाई जिल्ला प्रशासन कार्यालयले बेस र मुक्त कमैया महिला विकास मञ्चका प्रतिनिधिहरुको रोहवरमा अभिभावकको जिम्मा लगाएको छ। जिल्ला प्रशासन कार्यालयले कमलरी पर्काउन एक कार्यदल गठन गरी सूचना जारी गरेको थियो। तोकिएको समयमा कमलरी नफर्काउने मालिकलाई कानुन बमोजिम कारबाही गर्ने र घर घरमा गइ छापा मार्ने योजना पनि प्रशासनको रहेको छ।
हालसम्म ९ जनालाई कमलरीलाई जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ। यसरी कमलरी फर्काउनेहरुमा धनसीङ्गपुर-४ झुंगागाउँकी १४ वर्षीया सीला चौधरी छन्। उनी धनसीङ्गपुर ८ शक्ति बजार निवासी बासुदेव राज भण्डारीको घरमा काम गर्दै आएकी थिइन्। अर्की नारायणपुर ७ लक्षिनापुरगाउँकी १३ वर्षीया सम्झना चौधरी हुन्। तिनी नारायाणपुर ७ लक्षिनापुर निवासी राजेन्द्र शाहीको घरमा काम गर्दै आएकी थिइन्। नारायणपुर ७ लक्षिनापुरगाउँकी १२ वर्षिय बिना चौधरी हुन्। तिनी नारायणपुर ७ लक्षिनापुर निवासी विरेन्द्र शाहीको घरमा काम गर्दै आएकी थिइन्।

Leave a Reply to BillySut Cancel reply

Your email address will not be published.