शान्ताद्वारा बालबालिकालाई शैक्षिक सामग्री वितरण

    shanta-4

सन्तोष दहित, दाङ- हामी आफैं कमउँला सम्पत्ति र शान
पढाइदिनुस् बुबा-आमा दिनुस् स्कूल जान।
 अशिक्षा र अज्ञानताले पायौं सधैं धोका
 पढ्न लेख्नअ पाए खुल्थ्यो प्रगतिका ढोका।
यी माथि लेखिएका हरफहरु पूर्व कमलरी शान्ता चौधरीले लेखेकी हुन्। यही हरफलाई कपीको कभर्डमा छपाइन्। त्यही हरफले भरिएका कपी र कलम उनले विद्यालयमा बाँड्न सुरु गरेकी छन्। उनले विद्यालयका विपन्न परिवारका बाबालिकालाई ती कपी कलम वितरण गरेकी हुन्। shanta-3
शान्ता चौधरी प्रतिष्ठान गठन गरेर दाङ र काठमाडौंका युवाहरुले पूर्व कमलरी शान्ता चौधरीलाई सघाइरहेका छन्। केही दिन अगाडि दुई सय थान कम्बल वितरण गरेकी चौधरी अहिले प्रवासी नेपाली मञ्च अमेरिकाको सहयोगमा एक हजारप्रति कपी र कलम वितरण गर्न लागेको प्रतिष्ठानका महासचिव धुव्रप्रसाद घिमिरेले बताए। shanta-1
सोमबार श्री पालु प्रावि सिस्नेखोलाका विद्यालयमा गएर ६० जना बालबालिकालाई चौधरीले कपी-कलम वितरण गरिन्। आफू पढ्न नपाए पनि अरुलाई शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर सानो सहयोग भए पनि आफ्नो यो अभियान चलाएको चौधरीले बताइन्। shanta-5

Leave a Reply to Albertonob Cancel reply

Your email address will not be published.