कमलरी राख्‍ने घिमिरेलाई तीस हजार जरिवाना

सन्तोष दहित- कम्लरी राख्नेब जिल्ला विकास समिति दाङका खरिदार शान्तादेबी घिमिरेलाई कमैया श्रम निषेध ऐन २०५८ अनुसार ३० हजार रुपैया जरिवाना गरिएको छ। शान्ताले कम्लरी राखेको बयानको आधारमा ठहर भएपछि उनलाई कमैया श्रम ऐन २०५८ अनुसार १५ हजार सामन्य जरिवाना र सार्वजनिक पद्‍मा बसेकाले थप १५ हजार गरी ३० हजार जरिवाना गर्ने फैसला भएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए।
त्यसैगरि जिल्ला विकास समितिबाट पनि घिमिरेलाई विभागिय कारबाही हुने भएको छ। कमलरी राख्नेव सघाउने जिविसकै कार्यालय सहयोगी खुसीराम चौधरीलाई पनि एक हजार जरिवान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए। घिमिरेको घरमा कमलरी बसेको अवस्थामा जलेकी सरिताको सम्पूर्ण उपचार खर्च घिमिरेले व्यहोर्नुपर्नेछ।
घटना माघ ५ गते भएको भए पनि सञ्चार माध्यमा माघ १६ गते मात्र आएको थियो। सोही खबरअनुसार मुक्त कमलरी विकास मञ्चले जिल्ला प्रशासनमा उजुरी दिएपछि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद लुइटेलको संयोजकत्वमा एक समिति गठन गरेर छानबिनपछि बुधबार प्रशासनमा कमलरी राखेको घिमिरेले बयान दिएपछि कमलरी राखेको ठहर भएको हो।

Leave a Reply to Zakmex Cancel reply

Your email address will not be published.