चितवनमा खिचरा महोत्सव (फोटो फिचर)

Maghi_Chitwan_2070-1

चितवन– माघीका अवसरमा बुधबारदेखि दुई दिने खिचरा महोत्सव सुरु भएको छ। थारु कल्याणकारी सचा क्षेत्र नं. ७ ले खैरहनीको सुल्ताना गाउँमा खिचरा महोत्सव आयोजना गरेको हो। पुनरावेदन अदालत बाग्लुङका न्यायाधीश नन्दलाल चौधरीले महोत्सवको उद्घाटन गरे। थारु समुदायको रहनसहन र संस्कृति झल्कने झाँकीसहितको र्याालीले खैरहनीका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो।
Maghi_Chitwan_2070-2

महोत्सवमा स्थलमा थारु समुदायले खाने चिच्चर (बाफमा पकाएको अनदी चामलको भात), हाँस, माछा र घोंगीका परिकारका स्टलसमेत छन्। महोत्सवमा सांस्कृतिक कार्यक्रमअन्तर्गत झाम्टा नाच, डम्फु नाच, लाठी नाच, झुमरी नाच, रजधारी नाचलगायतका राखिएका छन्। थारु समुदायको रहन सहन संस्कृतिको संरक्षणमा यसले टेवा दिने क्षेत्र नं. ७ का अध्यक्ष तथा आयेजक समितिका संयोजक नारायण महतोले बताए।Maghi_Chitwan_2070-3

महोत्सवमा बाबियो र सुथली मिसाएर बाटेको मोटो डोरीलाई खाल्डोमा पुरेर उखेल्ने प्रतियोगिता पनि समावेश छ। थारु समुदायको परम्परागत यो खेललाई म्वारा उखाल्ने पनि भनिन्छ। जसले उखेल्न सक्छ, त्यो बलवान ठहरिने गर्छ। त्यसैले यस्लाई बल प्रदर्शन गर्ने खेलका रूपमा लिने गरिन्छ। Maghi_Chitwan_2070-4

महोत्सवका अवसरमा जेष्ठ नागरिक, थारु राष्ट्रिय खेलाडीलाई सम्मान र अन्य क्षेत्रमा विशिष्ट योगदान दिने थारु युवालाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन्।
रमेशकुमार पौडेल/नागरिक

Leave a Reply to CharlieGyday Cancel reply

Your email address will not be published.