कपिलवस्तुमा तीन दिने माघी महोत्सव हुने

कपिलवस्तु- थारु समुदयको नयाँ वर्षको रुपमा मनाइने माघीको अवसरमा तीन दिने महोत्सव हुने भएको छ। थारु जागृति युवा क्लब गजेहडा–२ को अयोजनामा ‘हम्मन भाषा–कला, संस्कृति हम्मन पहिचान,भाषा–कला संस्कृति संरक्षण कयना हम्मन अभियान’ भन्ने मूल नाराका साथ चौथा कपिलवस्तु माघी (खिचडी) महोत्सव–२०७० हुने भएको हो।
माघ २ गतेदेखि ४ गतेसम्म चल्ने महोत्सव हथौसा-१ महाशिवरात्रि मेलास्थलमा हुनेछ। थारु कल्याण्कारिणी सभा जिल्ला कार्य समिति कपिलवस्तुको संयोजन एंव जिल्लाभित्र रहेका कृयाशिल सामाजिक संघ–संस्था, संग्ठन क्लब तथा बुद्धिजीबी समाजसेवी ब्यक्तित्वको सहभागिता रहनेछ। क्लबका अध्यक्ष ऋृषिराम थारुको संयोजकत्वमा माघी महोत्सव मूल आयोजक समिति गठन भएको छ।
आर्थिक संयोजन तथा लेखा व्यवस्थापन उपसमिति, सांस्कृतिक तथा मनोरञ्जन ब्यावस्थापन उपासमिति, प्रचार–प्रसार तथा मिडिया समन्व्य उपसमितिजस्ता आठ वटा उपसमिति गठन भएको छ। सो महोत्सवमा आदिवासी जनजाति समुदयको झाँकी प्रर्दर्शनका साथै झुमरा, झर्रा, मयुर नाच, लाठी नाच सजनी, विरहनी तथा रेकार्ड डान्स प्रतियोगीता हुनेछ।
राष्ट्रिय तथा स्थानीय कलाकरको समेत बेजोड प्रस्तुति हुनेछ। स्थानीय थारु हस्तकला, थारु परिकार, थारु पुस्तक, जरनल पत्रपत्रिका, थारु एल्बमका समेत स्टल रहने आयोजक समितिका सदस्य सचिव शंकर चौधरीले जानकारी दिए।

Leave a Reply to WillisAnymn Cancel reply

Your email address will not be published.