दोस्रो संविधान सभामा प्रतिनिधित्व जनाउने थारु सभासद्

कैलाकी १ बाट विजयी भएका जनकराज चौधरी।
कैलाकी १ बाट विजयी भएका जनकराज चौधरी।

मदन चौधरी, काठमाडौं- दोस्रो संविधान सभामा प्रत्यक्ष र समानुपातिक गरी हालसम्म ४२ जना थारु सभासद् सहभागी हुने भएका छन्। प्रत्यक्षतर्फ १९ र समानुपातिकतर्फ २३ गरी ४२ जना थारु सभासद् संविधान सभामा सहभागी हुने भएका हुन्। सबैभन्दा बढी नेपाली कांग्रेसबाट १३ जना थारु सभासद्ले संविधान सभामा प्रतिनिधित्व गर्ने भएका छन्। मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसबाट ७ जना थारु उम्मेदवार विजयी भएका थिए। कांग्रेसबाट विजयी हुनेमा मोरङ ३ बाट दिलीप खवास गच्छदार, सप्तरी ५ बाट तेजुलाल चौधरी, सिरहा १ बाट पद्मनारायण चौधरी, सर्लाही २ बाट रामचन्द्र चौधरी, पर्सा ४ बाट सुरेन्द्र प्रसाद चौधरी, दाङ १ बाट पार्वता डीसी चौधरी र दाङ २ बाट सुशीला चौधरी विजयी भएका थिए। सुरेन्द्र चौधरी पहिलो संविधान सभा निर्वाचनमा एमालेका प्रधुम्नप्रसाद चौहानबाट झिनो मतले पराजय ब्यहोरेका थिए।

कांग्रेसले समानुपातिकतर्फ पनि अन्य दलभन्दा बढी थारु सभासद् चयन गरेको छ। कांग्रेसले पाएको ९१ समानुपातिक सिटमध्ये ६ जना थारु ब्यक्ति परेका छन्। कांग्रेसको समानुपातिकमा सावित्रीदेबी चौधरी, भोटनी देवी खवास, शान्ति देबी चौधरी, बुद्धिसागर चौधरी, डिल्लीबहादुर चौधरी र प्यारेलाल राना छन्। भोटनी देवी खवास पहिलो संविधान सभामा पनि समानुपातिक सभासद् बनेका थिए। डिल्ली चौधरी भने पहिलो संविधान सभामा दाङ ४ बाट माओवादीका शिवराज गौतमबाट पारजय ब्यहोरेका थिए।

त्‍यस्तै नेकपा एमालेबाट ९ जना थारु सभासद् संविधान सभामा प्रतिनिधित्व गर्ने भएका छन्। एमालेको प्रत्यक्षतर्फ नवलपरासी ४ बाट वैजनाथ चौधरी, सप्तरी ४ बाट ताराकान्त चौधरी, बारा ५ बाट बलवीर चौधरी, पर्सा ५ बाट जयप्रकाश चौधरी र उदयपुर २ बाट मञ्जुकमारी चौधरी विजयी भएका थिए। एमालेको समानुपातिकमा भने क्रमशः नगेन्द्र चौधरी, विश्राम चौधरी, कृपाराम राना र रवनी चौधरी छनोट भएका छन्।

थरुहट आन्दोलनका हर्ताकर्ता मानिने लक्ष्मण थारु र तमलोपाका महामन्त्री गोविन्द चौधरलाई पार्टीमा भित्र्याएर थारुप्रति उद्दार बनेका विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट भने ६ जना थारु सभासद्ले संविधान सभामा प्रतिनिधित्व गर्ने भएका छन्।
प्रत्यक्षतर्फ सुनसरी ३ बाट विजय गच्छदार, कैलाली १ बाट जनकराज चौधरी र कैलाली ३ बाट रामजनम चौधरी विजयी भएका थिए। फोरम लोकतान्त्रिकले समानुपातिकतर्फ पनि तीन जना थारु सभासद् चयन गरेको छ। कल्पना गच्छदार, सुमित्रा थरुनी र योगेन्द्र चौधरीलाई फोरमले समानुपातिकमा समेटेको छ।

त्यस्तै पहिलो संविधान सभामा ठूलो दल बनेको एकीकृत नेकपा माओवादीबाट भने ५ जना थारु सभासद्‍ संविधान सभामा प्रतिनिधित्व जनाउने भएका छन्। एमाओवादीको प्रत्यक्षतर्फ सप्तरी १ बाट मानपुर चौधरी, कैलाली ४ बाट गौरीशंकर चौधरी, बर्दिया ३ बाट सन्तकुमार थारु बर्दिया ४ बाट मानबहादुर चौधरी विजयी भएका थिए। सन्तकुमार थारु पहिलो संविधान सभामा पनि सोही क्षेत्रबाट विजयी बनेका थिए। एमाओवादीको समानुपातिकमा भने  अन्जना चौधरी र दिलमाया धामी छनोट भएका छन्।

त्यस्तै भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपालले प्रत्‍यक्षतर्फ कुनै सिट नजिते पनि समानुपातिकतर्फ दुई सिट जितेको थियो। सो पार्टीले वरिष्ठ नेता गोपाल दहित र उपाध्यक्ष गंगा चौधरीलाई समानुपातिक सभासद् चयन गरेको छ।
त्यस्तै महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले केदारानन्द चौधरी र मीना चौधरीलाई समानुपातिक सभासद् बनाएको छ भने राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टीले नरसिंह चौधरी छनोट भएका छन्।

सं‌घीय लोकतान्त्रिक थरुहट मञ्चले पाएको एक जना समानुपाति सभासद्‍मा अध्यक्ष रुक्मिणी चौधरी संविधान सभामा प्रतिनिधित्व जनाउने भएकी छन्। चौधरी पहिलो संविधान सभामा पनि समानुपातिक सभासद् भएका थिए। त्यस्तै सीपी मैनाली नेतृत्वको नकेपा मालेको समानुपातिकमा एक सभासद् छनौट भएको छ। मालेबाट शिवचन्द्र चौधरी छनौट भएका हुन्।

नेपाली कांग्रेसको प्रत्यक्षतर्फका विजयी सभासद्

दिलीप खवास गच्छदार मोरङ ३
पार्वता डीसी चौधरी दाङ १
सुशीला चौधरी दाङ २
तेजुलाल चौधरी सप्तरी ५
रामचन्द्र चौधरी सर्लाही २
सुरेन्द्र प्रसाद चौधरी पर्सा ५
पद्मनारायण चौधरी सिरहा १

समानुपातिकतर्फका सभासद्
सावित्रीदेबी चौधरी
भोटनी देवी खवास
शान्ति देबी चौधरी
बुद्धिसागर चौधरी
डिल्ली बहादुर चौधरी
प्यारेलाल राना

एमालेका विजयी सभासद्
वैजनाथ चौधरी नवलपरासी ४
ताराकान्त चौधरी सप्तरी ४
बलवीर चौधरी बारा ५
जयप्रकाश चौधरी पर्सा ५
मञ्जुकमारी चौधरी उदयपुर २

समानुपातिक सभासद्
नगेन्द्र चौधरी
विश्राम चौधरी
कृपाराम राना
रवनी चौधरी

फोरम लोकतान्त्रिकबाट विजयी
विजयकुमार गच्छदार सुनसरी ३ (दोस्रोपटक)
जनकराज चौधरी कैलाली १
रामजनम चौधरी कैलाली ३

समानुपातिक सभासद्
योगेन्द्र चौधरी
कल्पना चौधरी
सुमित्रा थरुनी

एमाओवादीबाट विजयी सभासद्
मानपुर चौधरी सप्तरी १
गौरीशंकर चौधरी कैलाली ४
सन्तकुमार थारु बर्दिया ३ (दोस्रो पटक)
मानबहादुर चौधरी बर्दिया ४

समानुपातिक सभासद्
अन्जना चौधरी

दिलमाया धामी

थरुहट तराई पार्टी नेपालको समानुपातिक सभासद्
गोपाल दहित
गंगा चौधरी

राप्रपा नेपालको समानुपातिक सभासद्
रामदुलारी चौधरी

तमलोपाको समानुपातिक सभासद्
केदारानन्दन चौधरी
मीना चौधरी

सद्‍भावनाको समानुपातिक सभासद्
नरसिंह चौधरी

संघीय लोकतान्त्रिक थरुहट मञ्चको समानुपातिक सभासद्
रुक्मिणी चौधरी (दोस्रोपटक)

नेकपा मालेको समानुपातिक सभासद्

शिवचन्द्र चौधरी

[नोट : थरुहट तराई पार्टी नेपालको समानुपातिक सभासद् गंगा चौधरी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइकोछ। ]

Leave a Reply to CharlieGyday Cancel reply

Your email address will not be published.