माघी महोत्सवको उद्‍घाटन अध्यक्ष रेग्मीले गर्ने

Khilaraj_regmi

लक्की चौधरी, काठमाडौं- काठमाडौंको टुंडीखेलमा आगामी माघ १ गते हुने ‘थारु माघी महोत्सव २०७०’ को उद्घाञटन अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले गर्नुहुने आयोजकले बताएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक सत्यनारायण चौधरीले अध्यक्ष रेग्मीसँग समय माग गरिएको जानकारी दिए। महोत्सव तयारीका लागि आयोजक कमिटी मातहतका प्रतिनिधिहरुले सक्रियतापूर्वक कामकाज गरिरहेको संयोजक चौधरीले जानकारी दिनुभयो। महोत्सव तयारीका लागि पर्चा, पम्पलेट, सांस्कृतिक झलक, महोत्सव टिकट छपाई, हस्तकलाका सामग्रीहरु तथा स्टल निर्माणका लागि आवश्यक पर्ने तयारीहरु युद्धस्तरमा भइरहेको संयोजकले बताए।
महोत्सवको उद्घाटन एक समारोहकाबीच मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले थारु पहिरन लगाएर गर्ने तयारी गरिएको बताउँदै संयोजक चौधरीले बताए। हरेक वर्ष सरकारका प्रमुखले महोत्सवको उद्घाटन गर्ने परिपाटी रहेका कारणले पनि अध्यक्ष रेग्मी सकारात्मकरहेको उनले बताए। थारुको नयाँ वर्षकोरुपमा रहेको माघी पर्वमा थारुहरुले सरकारसँग सार्वजनिक विदा माग गरेपछि सरकारले माघेसंक्रान्तिका दिन ०६४ सालदेखि सार्वजनिक विदा दिंदैआएको छ।
२०५९ सालदेखि काठमाडौंमा हुँदैआएको माघी महोत्सवको उद्घाटन प्रायः सरकार प्रमुखले गर्ने परिपाटी रहँदैआएको छ। उपत्यकामा बसोबास गर्ने करिब दुई लाख थारुहरु अधिकांश माघीपर्वमा जिल्लाजाने भएपनि उपत्यकामै रहेका थारुहरुले महोत्सवमा उत्साहजनकरुपले भागलिने गर्दछन्। महोत्सवमा हरेकसाल करिब ३० हजार थारुले सक्रियतापूर्वक भागलिने गर्दछन्।
मूल आयोजक समितिका संयोजक चौधरीकाअनुसार यसवर्षको महोत्सवमा ६० वटा स्टलहरु रहनेछन्। स्टलमा थारुको हस्तकला झल्किने थारु सामग्री, विभिन्न थारु खानाका पाकवान, थारु संस्कृति झल्काउने खालका थारु पहिरनका सामग्री एवं थारुको इतिहास झल्किने विभिन्न पुस्तक, पम्पलेट, पर्चा तथा पत्रपत्रिकाहरु स्टलमा राखिने आयोजकले बताएको छ।
महोत्सवका लागि करिब १८ लाख ६३ हजार खर्च हुने अनुमान गरिएको आयोजक समितिका अर्थविभाग प्रमुख पृथ्वीचन्द्र चौधरीले बताए। आर्थिक व्यवस्थापनका लागि केही रकम सरकारबाट, केही टिकट विक्रीबाट, विज्ञानपन एजेन्सी र केही रकम स्टलबाट प्राप्त रकमले पूर्तिहुने अपेक्षा गरिएको चौधरीले बताए। आयोजकले एक स्टलका लागि थारु समुदायको हकमा दुई हजार पाँचसय र अन्य व्यापारीका हकमा चार हजार शुल्क तय गरेको छ। यस्तै प्रवेश शुल्कका लागि ४० रुपिया तय गरिएको अर्थ विभाग प्रमुख चौधरीले जानकारी दिए।Maghi add link-1

Leave a Reply to Edwardsmita Cancel reply

Your email address will not be published.