मुक्त कमलहरी भन्छन्, ‘पाँच सयले गुजारा गर्न गाह्रो’

कञ्चनपुर- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कञ्चनपुरको अगुवाईमा कंचनपुरको भिमदत्त नगरपालिका वडा नं १२ मा रहेको मुक्त कमलहरी छात्राबासमा रहेका मुक्त कमलहरीहरुको अवस्था, उनीहरुलाई सरकारले उपलव्ध गराइरहेको सेवा सुबिधाबारे जानकारी लिन भेटघाट कार्य सम्पन्न गरेको छ। यसरी जानकारी लिनेहरुमा इन्सेक कञ्चनपुरका जिल्ला संयोजक दिलबहादुर चौधरी, कार्यक्रम सहायक वीरबहादुर डंगौरा र कमाण्डर पोष्ट दैनिकका सम्बाददाता रनि बिबश रहेका थिए। मुक्त कमलहरीहरुले आफूहरु धेरै कुरामा सन्तुष्ट रहेको, तर मासिक रुपमा पाउने रु. पाँच सयले गुजारा गर्न निकै कठिनाइ भएको बताएका थिए।
मुक्त कमलहरीहरुका अनुसार उनीहरुलाई मासिक रु. २५००। खानाको जान्छ, जोसँग उनीहरुको सरोकार देखिएन। तर उनीहरुले पाउने मासिक रु. पाँचसयबाट उनीहरु बढी चिन्तित देखिएका छन्। रु. पाँच सयले तपाईँहरुको गुजारा हुन्छ? भन्ने जिज्ञासा राख्दा उनीहरुले यो जमानामा के आउँछ सर? भनी हामीलाई प्रतिप्रश्न गरेका थिए। पुसको कठ्याङि्ग्रदो जाडोमा छात्राबासमा रहेका ४४ मुक्त कमलहरीहरु कसैले पनि एउटा स्वीटरसम्म किन्न सकेका छैनन्। मुक्ति नहुँदै उनीहरुसँग रहेका पुराना स्वीटरले जाडो छल्न बाध्य छन्।

छात्राबासमा रहेका ४४ मध्ये १५ मुक्त कमलहरी बाबु–आमाविहीन छन्। उनीहरुको मासिक खर्च अबका दिनमा सरकारले बढाउनेछ भन्ने कुरामा उनीहरु आशावादी देखिन्छन्। मुक्त कमलहरी विद्यार्थी युनियनका अध्यक्ष कृष्णा चौधरी भन्छिन् ‘म सरकारका प्रतिनिधिसँग भेट भएँ भने यो कुरा फेरि राख्छु।’
यो छात्राबासमा रहेका ४४ मध्ये १ जना जयन्ती बडायक एघार कक्षा, ६ जना दश कक्षा, ४ जना नौ कक्षा, ६ जना आठ कक्षा, ८ जना सात कक्षा, ७ जना छ कक्षा, ५ जना पाँच कक्षा र ७ जना चार कक्षामा अध्ययनरत छन्। जसमा मीना चौधरी, रेखा चौधरी र सुरिता चौधरी आफ्नो कक्षामा पहिलो हुन्छन् भने शिवानी राना, शान्ति चौधरी दोश्रो र अस्मिता चौधरी तेश्रो हुन्छिन्। छात्राबासमा अनुत्तिर्ण हुने मुक्त कमलहरी छैनन्।

Leave a Reply to WillisAnymn Cancel reply

Your email address will not be published.