उर्मिलाबारे तयार पारिएको फिल्म प्रिमियर

urmila with christoph and nathalieकाठमाडौं- कमलरीहरुबारे तयार पारिएको फिल्म शुक्रबार राजधानीमा प्रिमियर गरियो। जर्मन निर्माता नथालिया र निर्देशक क्रिस्टफले तयार पारेको ‘योङ्‍ग गर्ल स्ट्रिभ टु रिक्लेम देयर स्टोलेन चाइल्हुड’ नामक फिल्म जारी पर्वतीय फिल्म फेस्टिभलमा प्रमियर गरिएको हो। ५२ मिनेटको फिल्ममा तीन कमलरीबारे देखाइएको छ। फिल्मका मुख्य पात्र भने २२ वर्षीया उर्मिला चौधरी छिन्। उनले सानै उमेरदेखि ८ वर्षसम्म कमलरी बस्दा पाएको पीडा फिल्ममा देखाइएको छ। उनीसँगै अर्की कमलरी शोभा र सिर्जनाको कथासमेत समेटिएको छ।

१७ वर्षदेखि स्कुल टेकेकी उर्मिलाको एसएलसीसम्मको यात्रा फिल्ममा देखाइएको छ। कमलरी प्रथा अन्त्य गर्न उनले चालेका कदम र नर्बेमा आयोजित ओस्लो फ्रिडम फोरमसम्मको यात्रासमेत फिल्ममा देखाइएको छ।

Urmila Chaudharyपश्चिम थारु समुदायमा प्रचलित कमलरी प्रथाबारे चार वर्ष लामो अनुसन्धानपछि बृत्तचित्र तयार पारेको निर्देशक क्रिस्टफले बताए। ‘चार वर्षअघि यो प्रथाबारे सुनेपछि यही विषयमा फिल्म बनाउनुपर्ने अडी कसेँ,’ उनले थारुवानसँग भने, ‘अहिले त्यो पूरा भएको छ।’ फिल्मका निर्माता नथालियाले उर्मिलाको जीवनीबारे ‘स्कालाभेनकाइन्ड’ अर्थात ‘दासी बालक’ नामक किताब यसअघि नै जर्मन भाषामा निकालिसकेकी छन्। उनले चाँडै नै उर्मिलाको किताब नेपालीमा भाषामा आउन लागेको बताइन्। ‘उर्मिलाको किताब चाँडै नै नेपाली भाषामा पढ्न सकिनेछ,’ उनले भनिन्, ‘किताब नेपालयले नेपाली सं‌स्करणमा निकाल्नेछ।’

Leave a Reply to Robertnok Cancel reply

Your email address will not be published.