भगवतीले दिइन् गच्छदारविरुद्ध उजुरी

Bijay Kumar Gachhadarसुनसरी ३ बाट झिनो मतले पराजित भएकी नेकपा एमालेका उम्मेदवार भगवती चौधरीले फोरम लोकतान्त्रिकका उम्मेदवार विजयकुमार गच्छदारविरुद्ध संविधान सभा अदालतमा उजुरी दिएकी छन्। गच्छदारले सूर्यमा लागेको सदर मतमा किर्ते स्वस्तिक छाप लगाई बदर गराई सुनसरी- ३ बाट जितेको आरोप लगाउँदै उनले बुधबार उजुरी दर्ता गराएकी हुन्। गच्छदार त्यस क्षेत्रबाट उनका निकट प्रतिद्वन्दी भगवती चौधरीले भन्दा ३६२ बढी मत अर्थात १७५२४ मत प्राप्त गरि निर्वाचित घोषित भएका थिए।
निर्वाचन घोषणा हुँदा कूल खसेको मत ५३,४१९ मध्ये कूल बदर मत ३,८५२ र कूल सदर मत ४९,५६७ भएको उजुरी पत्रमा उल्लेख छ। त्यसमध्ये गच्छदारले १७,५२४ र उजूकर्ताले १७१६२ मत प्राप्त गरेको उजुरीपत्रमा उल्लेख छ। गच्छदार ३६२ अन्तरमतले विजयी भएको भनि देखाइएको पनि उजुरी पत्रमा उल्लेख छ। नेकपा एमालेले प्राप्त गरेको ३८५२ मतमध्ये २,८०० मत बदर भएको देखाइएको थियो।
bhagwati chaudharyयस बदर देखाइएको मत कृत्रिम भएको दावी गर्दै उजुरी पत्रमा ३ नं निर्वाचन क्षेत्रमा छिटाहा गाविसमा मतपेटिको स्टिकर बदलेर बदर मतको संख्या बढाएको दाबी उजूपत्रमा गरिएको छ। उजूरीपत्रमा पुन मतगणना गरी सूर्यमा लागेको बदर सदर मतको विशेषज्ञबाट परीक्षण गराई सद्दे किर्ते के हुन् ? परीक्षण गराउन माग गर्दै गच्छदार विजयी भएको निर्वाचन बदर गरि आफूलाई बिजयी घोषित गर्न माग गरेको छ। साथै, उनको बिजयी भएको घोषणा कार्यान्वयन नगर्न/नगराउन र सभासद पदको सपथ समेत नगर्नु/नगराउनु भनी विपक्षीहरुको नाममा अन्तरकालिन आदेश जारी गर्न पनि माग गरेकी छन् ।
उजरी पत्रमा निर्वाचन आयोग, सुनसरी निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत खडानन्द तिवारी, जिल्ला निर्वाचन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) तर्फका उम्मेदवार बिजयकुमार गच्छदारलाई समेत विपक्षी बनाइएको छ।

Leave a Reply to ErnestMaw Cancel reply

Your email address will not be published.