बिलीन हुँदै लक्ष्मण थारु

Laxman Tharuसन्तोष दहित- थारु समुदायको अधिकारलाई स्थापित गर्न जातीय पार्टीको रुपमा दर्ता भएको थरुहट तराई पार्टी नेपाल पनि एक हो। ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि थरुहट स्वायत्त प्रदेश नाम दिएर थारु जातिको अधिकारलाई स्थापित गर्नको लागि नेपालको तराईमा रहेका २२ जिल्लमा ०६५/०६६ मा ठूलो आन्दोलन भएको थियो। खासगरी मधेसमा गठन भएका मधेसी दलहरुले थारु समुदायलाई जबरजस्ती मधेसी बनाउन लागेको र तराईका सबै जिल्लालाई एक मधेस एक प्रदेशको माग गरिरहेका बेला थारु समुदायले पनि तराईमा कुनै पनि हालतमा एक मधेस एक प्रदेश हुन सक्दैन भनि उसको कडा प्रतिकार गर्नका लागि थरुहट स्वायत्त प्रदेश नामको संगठन खोलरे आन्दोलनको सुरुवात गरिएको थियो। त्यस आन्दोलनको अगुवाई १० वर्षसम्म माओवादीको युद्धमा लागेका तत्कालीन माओवादीको भातृसंगठन राष्ट्रिय थारुवान मुक्ति मोर्चाका महासचिव लक्ष्मण थारुले गरेका थिए।

माओवादीले पनि १० वर्षे युद्धको क्रमम जसरी थारु जातिलाई अधिकार दिने आश्वासन दिएको थियो तर १२ बुँदे शान्ती सम्झौतापछि थारुलाई बेवास्ता गरको आरोप लगाउँदै लक्ष्मण थारुले माओवादीबाट विद्रोह गरेका थिए। यतिसम्म भनेका थिए कि लक्ष्मण थारुले माओवादीका अध्यक्ष प्रचण्डले थारुहरुलाई भर्‍याङमात्र बनाउने काम गरे त्यसको बदलमा अब यिनलाई समाप्त गर्न आफ्नो थरुहट स्वायत्त प्रदेश संगठनल खोलेको कार्यकर्तालाई प्रशिक्षण दिने बेला भन्ने गर्थे। थरुहट स्वयात्त प्रदेश खोल्ने बित्तिकै उनी तराईका सबै जिल्लामा थारुहरुलाई सक्रिय बनाए र थारुहरुको अधिकारलाई स्थापित गर्न आन्दोलनको आरम्भ गरे।

उनले गरेको आन्दोलन सुस्त सुस्त तराईमा ठूलोरुप लियो। महिनौ दिनसम्म आन्दोलन भएको थरुहट आन्दोलनमा थारु कल्याणकारिणी सभाले पनि समर्थन जनाएपछि अधिकांश थारु नेताहरुले थरुहट आन्दोलनमा भाग लिए। आन्दोलनको क्रममा चितवनमा विपिन खडका, कमल चौधरी र दाङ देउखरीमा प्रकाश चौधरी, पारस चौधरी सहिद भए। उनीहरुलाई थरुहट सहिद भनेर पनि घोषणा गरियो। त्यसपछि प्रचण्डको सरकार रहेका बेला थरुहट तराई पार्टी र सरकारबीच छ बुँदे सम्झौता गरी थरुहट आन्दोलन पनि स्थगित गरियो।

त्यसपछि लक्ष्मण थारुलाई थारु समुदायले थारुहरुको नेताको रुपमा सम्मान गरे। थारु समुदायलाई मधेसीबाट बचायो, थारुहरुको अधिकारलाई स्थापित गर्नलाई केही गरे भन्ने प्रशंसा पनि निकै भयो। उनलाई थारु समुदायलाई मात्र नभएर आदिवासी जनजातिलाई समेट्ने गरी क्षेत्रीय स्तरको पार्टी खोल्न अधिकांश थारु नेताहरुले सुझाव दिए। त्यही सुझावअनुसार लक्ष्मण थारुले पार्टी खोल्नका लागिटक पटक गोलमेच सम्मेलन गरे। तर उनले थारु समुदायबाटै सहयोग पाएनन्। कारण थियो, जुन व्यक्तिको विरोधमा थरुहट आन्दोलन यो त्यहि व्यक्तिको वरिपरि घुमेका कारण थारु समुदायका नेता योगन्द्र चौधरी, डिल्लीबहादुर चौधरी, नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष राजकुमार लेखी, थारु कल्याणकारिणी सभाका नेताहरुबाट उनी सहयोग पाएनन्। पछि थारु नेताहरुबीच ठूलो विभाजित भयो।

थारु कल्याणकारिणी सभाका महामन्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष राजकुमार लेखीले आफ्नो नेतृत्वमा नेपाल नागरिक पार्टी खोले भने योगेन्द्र चौधरीले अर्को र डिल्लीबहादुर चौधरी पुनः नेपाली कांग्रेसमा फर्के। अरु पार्टीका नेताहरु पनि आफ्नो पार्टीमा फर्के। त्यसपछि लक्ष्मण थारुले अन्नततः राजावादीको आरोपमा लोगेका गोपाल दहितलाई लिएर आफ्नो अध्यक्षतामा थरुहट तराई नेपाल पार्टी खोले। पार्टी खोल्ने बित्तिकै थारुले जिल्ला संगठन विस्तार गर्न जिल्ला दौडाहमा लागे। महिनौं दिनसम्म तराईका सबै जिल्लामा संगठन विस्तार पनि गरे।

पछि पुनः जिल्लाका कार्यकर्तालाई प्रशिक्षणको लागि जिल्ला दोदाहमा निस्केका थरुहट तराई पार्टीका अध्यक्ष लक्ष्मण थारु दाङका कार्यक्रतालाई प्रशिक्षण दिन आइपुगेका बेला मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले आयोजना गरेको दाङको गढवामा विजय कुमार गच्छदारसँग टीका थाप्न पुगे। आफू मधसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको र थरुहट तराई पार्टीलाई छोडेका घोषणा गरे। यस्तो गरेको देख्दा थरुहट तराई पार्टीका जिल्ला तहका नेता अक्क न बक्क परे। पछि थरुहट तराई पार्टीको प्रशिक्षण कार्यक्रम स्थगित भयो।

त्यसपछि थरुहट तराई पार्टीको अध्यक्षमा कैलालीका भानुराम चौधरीलाई जिम्मेवारी दिइयो। लगत्तै लक्ष्मण थारुलाई कारबाही गरेको एक विज्ञप्ती आयो। यसरी लक्ष्मण थारु कुनै बेला उपेन्द्र यादव त कुनै बेला विजयकुमार गच्छादारको पछि लागेको भन्दै पहिलै नै थारु नेताहरुले थाहा पाइसकाले उनको नेतृत्वम खोलेको पार्टीमा अरु थारु नेता नगएको बताउँछन्।

नभन्दै उनी विजयकुमार गच्छदारको पार्टीमा प्रवेश गरे र मधेसमा विलय भएका छन्। तर उनी लक्ष्मण थारु थरुहट तराई पार्टीबाट मात्र नभएर मधेसी फोरम लोकतान्त्रिकबाट पनि विलय भइसकेका छन्। मंसिर ४ गते भएको संविधान सभाको निर्वाचनमा उनी चौथो भए। कैलालीको सबैभन्दा बढी थारु बाहुल्यता भएको क्षेत्र नं ६ बाट उनी उठेका थिए। पटक पटक पार्टी फेर्ने र हिज मधेरीको विरोधमा आन्दोल गर्ने आज त्यही मधेसीहरुको पुच्छर भएर लागेको भन्दै त्यहाँका जनताले उनलाई चौथो स्थापनमा ल्याई उनको राजनीति नै समाप्त पार्नेगरी सजाय दिए।

सायद उनी जे जस्तो परिस्थतिमा थरुहट तराई पार्टीको अध्यक्ष भएर लागिरहेको भए उनी यति बेला सभासद सदस्य भइसक्थे होला। आखिर उनी आफ्नै कमजोरीले राजनीतिको धरापम परिरहेको प्रस्ट देखिन्छ। अहिले थरुहट तराई पार्टी प्रत्यक्षमा नजितेपनि समानुपातिकबाट २ सिट पाएको छ। कहिले एनजिओ त कहिले राजनीतिको खेती गर्ने गोपाल दहित सभासद्का आकांक्षी भएका छन्। उनी संविधान सभामा थारुहरुको आवाज उठाउलान् या नउठाउलान् तर राजावादीको आरोप लागिरहेका गोपाल दहित थरुहट तराई पार्टीलाई जोगाइराखेकाले केही फल पाएका छन्।

[email protected]

Leave a Reply to AndrewSah Cancel reply

Your email address will not be published.