एमाओवादी उम्मेदवार रामकुमारी चौधरीको गाडीमा आगजनी

ramkumariइटहरी-सुनसरी क्षेत्र नं. २ की एमाओवादी उम्मेदवार रामकुमारी चौधरीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। इटहरीको वीपी चोक स्थित कोठा अगाडि पार्किङ गरेको को १ च ५८५१ नम्बरको बोलेरो गाडीमा गए राति २ बजे अज्ञात समूहले आगो लगाइदिएको हो। ढुंगाले हानेर सिसा फुटाएर गाडीको भित्री भागमा आगो लगाइदिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उम्मेदवार चौधरीले आफूमाथि एमालेले आक्रमण गरेको बताइन्। ‘प्रतिशोध साँध्न विपक्षीले गाडीमा आगो लगाइदिएका हुन्’, उनले भनिन्। ती समूहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
यसअघि थारु उम्मेदवार एमालेका शान्ता चौधरी र कांग्रेसका सुशीला चौधरीको गाडीमा आगजनी भएको थियो। उनीहरु दुबै दाङ क्षेत्र २ का उम्मेदवार हुन्।

Leave a Reply to Jamesgaumn Cancel reply

Your email address will not be published.