वैद्यलाई गच्छदारको आग्रह

gachhdarभिम चौधरीकैलाली- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सबै चुनावी अभियानमा केन्द्रित भइसकेकाले कुनै पनि हालतमा चुनाव नरोकिने बताएका छन्। नेकपा–माओवादीलगायत चुनावको बिपक्षमा रहेका दलहरुलाई चुनावपछि संविधान बनाउँदा मूलधारमा ल्याएर संविधान बनाउने जिकिर गरे। ‘हामी सबै चुनावी मैदानमा दौडिसकेका छौं,’ उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका उनले भने, ‘चुनाव कुनै पनि हालतमा रोकिँदैन।’
‘वैद्यलगायत दललाई ल्याउन धेरै प्रयास गरियो, उहाँहरु आउनुभएन,’ अध्यक्ष गच्छदारले भने, ‘उहाँहरु आफ्नो अडानबाट पछि हट्न सक्नुभएन, शान्तिपूर्वक चुनाव बहिस्कार गर्ने कानुनी अधिकार भएको औंल्याउँदै चुनाव बहिस्कार गर्ने शैलीले उहाँहरुको छबि राम्रो हुन्छ।’
संविधान सभाबाटै समस्यालाई सम्मान पूर्वक निकास दिन सकिने बताउँदै गच्छदारले चुनाव रोक्ने आधार नभएको बताउँदै रोकिए देश विकराल समस्यामा जाने बताए। उनले शान्तिपूर्वक आन्दोलन गरेर निर्वाचनपछि उठाइएका मुद्दालाई मुलधारमा ल्याउने वातावरण बनाउन बिपक्षी दललाई आग्रह गरे।

Leave a Reply to Jamesgaumn Cancel reply

Your email address will not be published.