देउवाको प्रचारमा आचारसंहिता विपरित गाडीको लस्कर

ser bdr gadi-2मुकेश टेंर्रा, धनगढी- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादृर देउवाको प्रचारमा संविधान सभा सदस्य निर्वाचन आचारसंहिता विपरित गाडी प्रयोग गरिएको छ। चुनावी प्रचारका लागि बुधबार काठमाडौंबाट आएका देउवालाई धनगढी विमानस्थलबाट ल्याउन आचारसंहिताले तोकेको भन्दा ठूला साइजका झण्डा लगाएर तीन दर्जनभन्दा बढी गाडी प्रयोग गरिएका थिए। उनको स्वागतका लागि नेपाली कांग्रेसले विमानस्थलबाट धनगढीसम्म मोटरसाइकल र्‍यालीसमेत आयोजना गरेको थियो। र्‍यालीमा करिब एक हजार बढी मोटरसाइकल प्रयोग गरिएको थियो। देउवाको र्‍यालीमा शिक्षकसमेत सहभागी थिए।

ती गाडी र मोटरसाइकलमा देउवाले नै पेट्रोल भरेको स्रोतले जनाएको छ। तर कांग्रेसका कैलाली जिल्ला सभापति नरनारायण शाहले कार्यकर्ताले पेट्रोल मागेपनि यसपाली नदिएको बताए। उनले सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रका उम्मेदवार पनि चार पांग्रे गाडीसहित र्‍यालीमा सहभागी भएकाले गाडी संख्या धेरै देखिएको बताए।
सो अवसरमा धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेता देउवाले देशब्यापीरुपमा कांग्रेसको पक्षमा जनलहर रहेको जिकिर गर्दै लोकतान्त्रिक संविधान बनाउन कांग्रेसलाई जनताले बहुमत दिने बताए। उनले नेकपा–माओवादीलाई निर्वाचनमा सहयोग गर्नसमेत आग्रह गरे ser bdr gadi-1
देउवा कैलाली क्षेत्र न ६ र डडेल्धुराबाट उम्मेदवारी दिएका छन्। उनले धनगढीको डिभोटी होटेलमा कार्यकर्तालाई सम्बोधन गरेका छन्। उनी बिहीबार चुनाव प्रचारका लागि डडेल्धुरा जाने कार्यक्रम छ। डडेल्धुराबाट १२ गते फर्किने र कैलालीमा चुनावी प्रचार गर्ने कांग्रेस कैलालीले जनाएको छ।

 

Leave a Reply to BrettVow Cancel reply

Your email address will not be published.