दाङमा थारु साहित्यकारको जमघट

सन्तोष दहित, दाङ-
उठि जागि सक्कु हम्र थारु संघारी
बनाई परल संविधान ओ कानुन संघारी
कौन ज स्वदेशम त कौन ज प्रदेशम
जहा रलसेफे अभिमत एक जमाई संघारी
एक एक बुँदले त समुन्द्र बनलबा
बुँदा बुँदा मिलकसक एकजुट  समाज बनाई संघारी
यो गजल साहित्यक बखेरी भाग-३ को कार्यक्रममा साउदी अरबबाट बुद्धिराम चौधरीले फोनमार्फत् सुनाए। दाङको साहित्यकारहरुले साहित्यक बखेरी नाम दिएर प्रत्येक महिनामा साहित्यक कार्यक्रमको आयोजना गर्दै आएका छन्। यसै कार्यक्रमअन्तर्गत थारु साहित्यकारहरुको जमघट प्रत्येक महिनाको एकपटक  दाङमा हुँदै आएको छ। यस महिनामाको भाग-३ मा विदेशबाट समेत सहभागिता जनाए।
आयोजकले विदेशमा बस्ने थारु साहित्यकारका लागि स्काइप फोन, अनलाइन र फोनको व्यवस्था गरेको थियो। अरु कार्यक्रमभन्दा भिन्न तरिकाले राखेको यस र्काक्रममा कतार, साउदी अरेबिया, मलेसिया, दुबई, बेलायलगायतका देशबाट साहित्यकारले भाग लिएए।
कार्यक्रममा ३ दर्जनभन्दा बढी साहित्यकारले आफ्नो कविता, गजल, गीत, मुक्तक वाचन गरेका थिए। कार्यक्रमको संयोजन पत्रकार तथा साहित्यका सन्तोष दहितले गरेका थिए। त्यसैगरी साहित्यक बखेरी भाग-४ का लागि साहित्यार तथा गायक रोशन रत्गैयालाई संयोजनको लागि जिम्मेवारी दिइएको छ।

Leave a Reply to Wesleyviath Cancel reply

Your email address will not be published.