कपिलवस्तुमा तीन दिने थारु सांस्कृतिक मेला सुरु

Tharu Sanskritik Mela 2070रन्जना रौतार, कपिलवस्तु- थारु सांस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कपिलवस्तुको गोरुसिंगेमा सोमबारदेखि ३ दिने ‘थारु सांस्कृतिक मेला सुरु भएको छ। मेलाको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले उद्‍घाटन गरे। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपकुमार उपाध्याय, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बिश्राम प्रसाद थारु ,थरुहट तराइ पार्टी नेपालका क्षेत्रनम्बर ४ का उम्मेद्‍वार जवाहरलाल चौधरी, नेकपा एमालेका बलराम अधिकारी, एमाओवादीका चन्द्र प्रकाश खनाल ‘बलदेव’, फोरम लोकतान्त्रिकका गौरी शंकर थारु, थारु तराई पार्टी नेपाल क्षेत्र नम्बर ४ का राम प्रसाद थारु ,जनमुक्ति पाटी क्षेत्र नम्बर २ का उम्मेद्वामर नागेन्द्र रौतारलगायतले नेपाली दशैं-तिहार तथा इद उल फित्रको शुभकामना दिए।
‘हम्मन संस्कृति हम्मन पहिचान, थारु संस्कृति बचयना हम्मन अभियान’ भन्ने नारासहित आयोजना गरिएको सो मेलाको अवसरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो। तीन दिनसम्म चल्ने मेलामा थारु संस्कृति झल्किने झुमरा, झररा, सजनी बिरहनीजस्ता नृत्य प्रस्तुत गरिने थारु उत्थान समाजका अध्यक्ष श्रीनिवास थारुले बताए।
उनकाका अनुसार २३ गतेसम्म चल्ने मेलामा थारु नृत्य तथा गायन प्रतियोगिता र ‘के बनी हजारपति’जस्ता कार्यक्रम सञ्चालन हुनेछ। नेपालीहरुको महान चाड बडा दशै तथा दिपावलीको अवसर पारेर थारु उत्थान सामाजिक संस्था कपिलवस्तुको आयोजना तथा जिल्लाका बिभिन्न संघ-संस्थाको सहकार्यमा सो मेलाको आयोजना गरिएको हो।

Leave a Reply to Josephgum Cancel reply

Your email address will not be published.