उत्कृष्ट फिचर लेखेबापत कमला चौधरीलाई सम्मान

kamala chaudhary awarded by butwal todayबुटवल- बुटवल पव्लिकेशन प्रालिद्धारा प्रकाशित राष्ट्रिय दैनिक ‘बुटवल टुडे’ले प्रथम वार्षिकोत्सव मनाएको छ। सो अवसरमा उत्कृष्ट फिचर समाचार लेखेबापत पत्रकार कमला चौधरीलाई दोसल्ला, कदर पत्र र नगदसहित सम्मान गरेको छ। ‘लुम्विनी अञ्चलमा पर्यटन क्षेत्र’ भन्ने शीर्षकमा फिचर समाचार लेख्न् दिइएको थियो। जसमा चौधरीले नवलपरासीमा थारु होमस्टेबारे फिचर लेखेकी थिइन्। लेखनलाई आधारमा उनको फिचरलाई उत्कृष्ट घोषणा गरेको थियो। बुटवल टुडेका अध्यक्ष हरिप्रसाद पौडेल र प्रबन्ध सञ्चालक नवराज कुँवरले चौधरीलाई कदर पत्रले सम्मान गरेका थिए।
उल्सवकै दिन पारेर चौधरीको फिचर समाचार दैनिक पत्रले फ्रन्ट पेजमा छापेको छ। कमला चौधरी सामुदायिक रेडियो जागरण बुटवल र बुटवलबाट प्रकाशित हुने सवल नेपाल राष्ट्रिय साप्ताहिक पत्रिकामा कार्यरत छन्। वार्षिकोत्सव कार्यक्रममा बोल्दै बुटवल टुडे दैनिक पत्रिकाका अध्यक्ष हरिप्रसाद पौडेलले पत्रिका पाठकको अपार माया, सहकर्मी साथीहरुको सहयोग र विश्वासले पत्रिकाले सफलता पाएको कुरा व्यक्त गरे। आगामी दिनमा पनि सहयोग र साथको अपेक्षा गर्दै सबै पत्रकार, विज्ञापनदाता, पाठक, कर्मचारीमा धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा स्थानीय पत्रकार, राजनीतिक दल, पाठक, विज्ञापन दाता, सुरक्षा निकायका वरिष्ठ व्यक्ति, बुद्धिजीवी लगायतको सहभागिता थियो।

Leave a Reply to MichaelBen Cancel reply

Your email address will not be published.