पूर्व कमलरी उर्मिलाले पाइन् राष्ट्र संघको अवार्ड

Urmila Chaudhary-1काठमाडौं- पूर्व कमलरी उर्मिला चौधरी ‘युथ करेज अवार्ड फर एजुकेशन’का लागि सम्मानित भएकी छन्। संयुक्त राष्ट्रसंघद्वारा मलाला दिवसको दिन घोषणा गरेको उक्त सम्मान उनले शुक्रबार राजधानीमा ग्रहण गरिन्। उनलाई युनिसेफका नेपाल निर्देशक हन्ना सिङ्गरले अवार्ड प्रदान गरिन्।

Urmila Chaudhary-2राष्ट्रिय योजना आयोग र युनिसेफको संयुक्त पहलमा भएको ‘दोस्रो अन्तर्राष्ट्रिय बालिका दिवस’ कार्यक्रममा उर्मिलाले शिक्षा नै भविष्यको साँचो भएको बताइन्। ‘शिक्षा महिलाको लागि महत्वपूर्ण साँचो हो,’ अवार्ड पाएपछि उनले भनिन्, ‘शिक्षा बिना महिलाको भविष्य अन्धकार छ।’

उनले पीडित किशोरीहरुप्रति उक्त सम्मान समर्पित गर्न चाहेको बताइन्। ‘म पहिले बालिका थिएँ, पछि किशोरी भएँ, अहिले युवा भएको छु,’ उनले भनिन्, ‘मलाई यो अर्वाडले सम्मानित गरिदिएकोमा राष्ट्र संघलाई धेरै धेरै धन्यवाद।’ उनले आफ्नो १२ वर्षे कमलरी यात्राबारे सबैलाई सुनाएकी थिइन्।

Urmila Chaudhary-3कमलरीलाई शिक्षा-अवसर दिन सरकारले कन्जुस्याइँ गरेको उनले बताइन्। ‘कमलरीका लागि चाहिने मात्रामा सरकारले बजेट बिनियोजन गरेको छैन,’ उनले भनिन्, ‘बिनियोजित बजेट पनि खर्च नगर्दा वर्षेनि फ्रिज भइरहेको छ।’ कार्यक्रममा उर्मिलाबाहेक अन्य किशोरीहरुले पनि आफ्नो विचार प्रस्तुत गरेका थिए। Urmila Chaudhary-4

अमेरिकामा १२ जुलाइमा भएको मलाला दिवसको अवसरमा राष्ट्र संघले उर्मिलासँगै भारतका २१ वर्षीया आश्विनी, पाकिस्तानका १५ वर्षीया साजिया, मोरोक्कोका १२ वर्षीया राओइया, बंगलादेशका १८ वर्षीया केशोब र सेइरा लियोनका २० वर्षीया अमिनाटालाई अवार्ड दिने घोषणा गरेको थियो।
भिडियो हेर्नुस्:

Leave a Reply to JohnnyTaf Cancel reply

Your email address will not be published.