थरुहट तराई पार्टी ५० निर्वाचन क्षेत्रमा, भानुराम कैलाली ३ मा

bhanuram chaudharyकाठमाडौं- थरुहट तराई पार्टी नेपालले तराईका विभिन्न १४ जिल्लाको ५० निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। पार्टीका केन्द्रीय अध्यक्ष भानुराम थारु कैलालीको क्षेत्र नं.  ३ बाट उममेदवारी दिएका छन्। उपाध्यक्षद्धय नन्दकुमार चौधरीले दाड क्षेत्र नं. १ बाट र हरिनारायण चौधरीले सुनसरी क्षेत्र नं. ४ र ६ बाट उम्मेदावरी दिएका छन्। यसैगरी केन्द्रीय सचिव मिनराज चौधरीले बर्दियाको क्षेत्र नं. ४ बाट र कोषाध्यक्ष खडक चौधरीले कैलालीको क्षेत्र नं. ६ र कन्चनपुरको क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन्।

त्यस्तै कन्चनपुर क्षेत्र नं. २ बाट लक्ष्मणप्रसाद चौधरी, ३ बाट ईश्वरी चौधरी,  ४ बाट सुशीला चौधरी छन्। कैलाली निर्वाचन क्षेत्र नं. १ र २ बाट बिरबहादुर चौधरी, ४ बाट सुरज बहादुर कठरिया, ५ बाट माधव चौधरीले उम्मेदवारी दिएका छन्। बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट आकाश थारु (सोमत्ती), २ बाट मनीराम थारु, तीनबाट भोदुराम थारु छन्। बाँकेको क्षेत्र नं. १ बाट गणेश थारुले उम्मेदवारी दिएका छन्।

दाङको निर्वाचन क्षेत्र नं. २ बाट सनिराम चौधरी, ३ र ५ बाट तेजबहादुर चौधरी र ४ बाट गणेश चौधरीले उम्मेदवारी दिएका छन्। कपिलवस्तु क्षेत्र नं. १ बाट जवाहर चौधरी, ४ बाट रामप्रसाद थारु र ५ बाट तुल्सीराम थारुले उम्मेदवारी दिएका छन्। रुपन्देहीबाट रामकुमार थारु, २ बाट दामोदरनाथ थारु, ३ बाट प्रेम कुमारी थारु, ४ बाट लक्ष्मण थारु, ५ बाट बुद्धिराम थारु र ६ बाट केशव थारुले उम्मेदवारी दिएका छन्।

नवलपरासीको क्षेत्र नं. ३ बाट जनार्दनसिह थारु, ४ बाट ओमप्रकास थारु, ५ बाट देवानन्दसिह फौजदार र ६ बाट धर्म चौधरीले उम्मेदवारी दिएका छन्। यसैगरी सप्तरीको निर्वाचन क्षेत्र नं. १ बाट कल्पना कुमारी चौधरी, २ बाट कुलाई मण्डल मघइया, ३ बाट आशादेवी थरुनी, ४ बाट भुपेन्द्र कुमार चौधरी र ५ बाट शिवजी मोची उम्मेदवारी दिएका छन्।

सुनसरी क्षेत्र नं. २ बाट श्याम कुमारी चौधरी, ३ बाट कृष्ण कुमार चौधरी, मोरङको निर्वाचन क्षेत्र ७ बाट शिवदेवी चौधरीले पनि उम्मेदवारी दिएका छन्।

Leave a Reply to MichaelBen Cancel reply

Your email address will not be published.