फोरम लोकतान्त्रिकले ५० सिट ल्याउने गच्छदारको दाबी

विराटनगर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आगामी संविधान सभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ ५० सिटमा विजयी हासिल गर्ने दाबी गरेका छन्। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को तीन दिनदेखि जारी केन्द्रीय समिति, जिल्ला पदाधिकारी,  भातृ संगठनका केन्द्रीय पदाधिकारीहरुको राष्ट्रिय भेलाको समापन समारोहमा आज साँझ सो कुरा बताएका हुन्।

उनले निर्वाचनको चुनावी रथलाई मधेस, तराई, पहाड र हिमालका जनताको सहयोगमा विजयी हासिल गर्ने दृढता समेत व्यक्त गरे। अध्यक्ष गच्छदारले मुलुकमा निर्वाचन मौहोल बनिरहेको बताउँदै आगामी निर्वाचनबाट पार्टीले सङ्घीयता, गणतन्त्रलाई संस्थागत गर्ने बताए।

तीनदिने उक्त राष्ट्रिय भेलाले घोषणापत्र, पार्टीको चुनावी रणनीति एवम् जिल्लाबाट उम्मेदवारको सिफारिस गरेको निर्णयका बारेमा भोलि पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ। रासस

Leave a Reply to Komprz Cancel reply

Your email address will not be published.