हृदयघातबाट कोरियामा दीपक कुमार चौधरीको मृत्यु

Deepak kumar chaudharyकाठमाडौं- कोरियामा फोनमा बोल्दाबोल्दै एक नेपालीको मृत्यु भएको छ। रोजगारी गर्न कोरिया पुगेका सुनसरी मधेलि-१ का दीपक कुमार चौधरीको मृत्यु भएको हो । आइतबार करिब ४ बजेतिर कम्पनी होस्टेलमा फोनमा बोलिरहेका बेला असहज भएपछि सँगै रहेका साथीहरुले एम्बुलेन्स र प्रहरी बोलाएका थिए। केहिबेरमै चौधरीको मृत्यु भएको बुटवलका कृष्ण थापाले बताए। चौधरी गत मे १ मा किम्हे औद्योगिक क्षेत्रमा रहेको हान टेक कम्पनीको कामदारको रुपमा कोरिया आएका थिए। मोटर पाट्र्स उत्पादन गर्ने सो कम्पनीमा अरु २ नेपाली कार्यरत छन्।

शव बुसानको अस्पतालमा सोमबार परीक्षण गरिएको छ। प्रहरी र चिकित्सक प्रारम्भिक प्रतिबेदनमा चौधरीको मृत्यु हृदयघातका कारण भएको उल्लेख गरिएको छ। सँगै रहेका साथीहरुले बताए अनुसार उनलाई मृगौला र रक्तचापको समस्या थियो। २४ वर्षीय चौधरी अविवाहित थिए। घटनाको जानकारी परराष्ट्र मन्त्रालयमार्फत् परिवारलाई जानकारी दिइएको सोलस्थित नेपाली दूतावासका श्रम सहचारी अनिलकुमार गुरुङले बताए।

Leave a Reply to HenryTow Cancel reply

Your email address will not be published.