शान्ता दाङबाट सिफारिस, चुनाव जितेर देखाउने शान्ताको दाबी

Santa Chaudharyकाठमाडौं- नेकपा एमालेले पूर्व कमलरी तथा पूर्व सभासद् शान्ता चौधरीलाई दाङबाट उम्मेदवारका लागि सिफारिस गरेको छ। एमाले क्षेत्रीय समितिले आइतबार चौधरीलाई दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारीको सिफारिस गरेको हो। यस विषयमा थारुवानले शान्तासँग कुरा गर्दा उनले चुनाव लड्न धेरै गाह्रो रहेको बताइन्। उनले त्यति असहजका बीच पनि आफूले उम्मेदवारी दिने बताइन्।

‘मेरो लागि चुनाव लड्नु धेरै गाह्रो कुरा हो,’ ‘कमलरीदेखि सभासद्सम्म’का लेखिका शान्ताले भनिन्, ‘ती गाह्रो कुराको सामना गर्दै म चुनाव लड्न चाहन्छु।’ उनले चुनाव पैसाले मात्र जितिन्छ भन्ने कुराको भ्रम तोड्नका लागि भए पनि आफूले उम्मेदवारी दिने बताइन्। ‘पैसाले मात्र चुनाव जितिन्छ भन्ने कुराको भ्रम तोड्न चाहन्छु,’ उनले भनिन्, ‘पैसा हुनेहरुसँग लड्न चाहन्छु।’

उनले चुनावमार्फत् पुरुषहरुसँग पनि लड्न चाहेको बताइन्। ‘यो लडाइँ पुरुषहरुसँगको पनि हो,’ उनले भनिन्, ‘बिना पैसा एउटा आम मानिसले कसरी चुनाव लड्छ भन्ने कुरा मैले देखाउनेछु।’ उनले यो चुनाव जितेरै महिलाहरुसामु अठोटका साथ लागे सबै कुरा सम्भव रहेको सन्देश दिन चाहेको बताइन्।

 

 

 

Leave a Reply to HenryTow Cancel reply

Your email address will not be published.