को हुन् नक्कली र सक्कली थारु नेता ?

tharu bardiyali program-3काठमाडौं- राजधानीमा आयोजित एक कार्यक्रममा थारु नेताहरुले एकअर्कालाई सक्कली र नक्कली थारु भएको आरोप लगाएका छन्। ‘आगामि संविधान सभा निर्वाचनमा थारु समुदायका मुद्दा र उम्मेदवारको भूमिका विषयक अन्तरक्रिया’मा सहभागी थारु नेताहरुले अहिले सक्कली र नक्कली दुबै थारु नेताहरु रहेको बताए।
कार्यक्रमको सुरुवातमा साहित्यकार सुशील चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए। उनले कार्यपत्रमा थारु कस्तो समुदाय हो भन्नेबारे प्रस्ट्याएका थिए। उनले ‘थारु मधेसी हो वा जनजाति हो वा थारुहरुको आफ्नै कुनै पहिचान छ’ भन्ने कुरा कार्यपत्रमा उल्लेख गरेका थिए। यदि थारुहरु साँच्चै आफ्नो पहिचानको खोजीमा छ भने आगामि निर्वाचनमा आफ्ना मुद्दालाई जोडले उठाउनुपर्ने उनको सुझाव थियो।
rajkumar lekhi‘नक्कली थारुलाई धुलो चटाउनुस्’
नागरिक पार्टी नेपाल अध्यक्ष तथा जानजाति महासंघका पूर्व सभापति राजकुमार लेखीले अहिलेको राजनीतिमा नक्कली र सक्कली दुबैथरी थारु नेता रहेको बताए। ‘अहिले हामी सक्कली र नक्कली दुबैथरी थारु नेता देखिरहेका छौं,’ उनले भने, ‘त्यस्ता नेतालाई उम्मेदवारी दियौं भने गद्दारी हुनेछ। उनले राणाकालनमा पनि केही थारु नेता शासनमा रहेको र थारुका मुद्दा नउठाएको आरोप लगाए।
उनले नक्कली थारुलाई धुलो चटाउनुपर्ने समेत बताए। ‘गद्दार गरिरहेका थारुलाई हामीले चिन्न सक्नुपर्छ,’ उनले भने, ‘त्यसैले साथीहरु सक्कलीलाई जिताउनुहोस्, नक्कलीलाई धुलो
चटाउनुहोस्।’
लेखीले उत्पीडन, शोषण, दमन र सबैखाले विभेदलगायत राज्यको स्रोत एवम् मूलप्रवाहबाट ओझेल र पाखा लगाइएका थारु, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम समुदायको मुक्तिका लागि जतिसक्दो चाँडो निर्वाचन सम्पन्न गरी संविधान निर्माण गर्नुपर्ने बताए।
‘मधेसी बन्दै थारु नेता’
थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहितले थारुहरुलाई हेप्ने दिन सकिएको बताए। उनले लक्ष्मण थारुलाई इंगित गर्दै केही थारु नेताहरुले आफ्नो इमान बेचेर मधेसी बनेको आरोप लगाए। ‘केहीले आफ्नो इमानै बेचेर मधेसी बनेको छ,’ उनले भने, ‘त्यतिसम्म त ठीकै थियो। तर उनीहरुले थरुहट तराई पार्टीको समेत बदनाम गरी मधेसीकरण बनिरहेको छ।’
gopal dahit
उनले थारुहरु कदापि बजिया नभएको भन्दै थारुहरु तराईका भूमिपुत्र भएको बताए। उनले जुनसुकै पार्टीमा रहेर पनि थारुका मुद्दा उठाउन सक्नुपर्ने बताए। ‘जुनसुकै पार्टीमा भए पनि थारुका मुद्दालाई उठाउन सक्नुपर्छ,’ उनले भने, ‘यदि पार्टीमा बसेर थारुका मुद्दालाई बिर्सिन्छ भने त्यस्तालाई नक्कली थारु भन्न सुहाउँछ।’
उनले आगामि निर्वाचनमा थरुहट तराई पार्टी नेपालले सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक दुबैतर्फको उम्मेवारी दर्ता गराउने उद्घोष गरे। बोल्नेको पिठो बोकेजस्तै हामी पनि आफ्ना मागलाई राज्य समक्ष ल्याउनुपर्ने उनको जोड थियो।
tharu bardiyali program-4‘कसरी चिन्ने नक्कली थारु’
एमालेका पूर्व सभासद् तथा पूर्व कमलरी शान्ता चौधरीले नक्कली र सक्कली थारु कसरी चिन्ने प्रश्‍न गरेकी थिइन्। उनले हामी नेताहरु त सक्कली नक्कली नेता चिन्न नसकिरहेको बेला आम जनताले कसरी चिन्ने भन्ने प्रश्‍न उठाएकी थिइन्।
उनले आफू राजनीति भर्खर सिक्दै गरेको बताइन्। ‘म राजनीतमा कमजोर मान्छे,’ उनले भनिन्, ‘राजनीति भर्खर त सिक्दैछु।’ उनले थारु जाति एकदमै मेहनती भइकन पनि शोषणमा परेको बताइन्। ‘संसारमा कोही पनि भोकै र त्रासमा बाँच्न नपरोस्,’ उनले भनिन्, ‘त्यसको विरुद्ध हामीले आवाज उठाउनैपर्छ।’
उनले संविधानमा महिलाका अधिकार सुनिश्चित गर्नका लागि पनि आगामी संविधान सभामा उनीहरुको उल्लेख्य सहभागिता हुनुपर्ने विचार व्यक्त गरिन्। उनले आफू दाङ क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारी भएको घोषणा समेत गरिन‍्।
tharu bardiyali program-2‘युवाको नेतृत्व होस्’
त्यस्तै लेखिका शान्ति चौधरीले युवा नै भविष्य भएकाले उनीहरु अगाडि बढ्नुपर्ने जोड दिइन्। ‘आजको दिनमा युवा के चाहन्छ, के युवाका चाहना नेताहरुले पूरा गरेका छन्?’ उनले प्रश्‍न गर्दै भनिन्, ‘यदि युवाको मागलाई सम्बोधन गरिँदैन भने त्यो कदापि थारु नेता हुन सक्दैन।’tharu bardiyali program-1
उनले यो देशमा प्रचण्डलाई जति नेता हुने अधिकार छ त्यति हामी सबैलाई नेता बन्ने अधिकारी भएको बताए। त्यसैले उनले थारु युवाहरुलाई आफ्नो पहिचान सुनिश्चित गर्न अग्रसर हुन जोड दिइन्।
कार्यक्रममा कांग्रस नेता जन्मय तिम्लसिना, संघी लोकतान्त्रिक थरुहट मञ्चकी अध्यक्ष रुक्मिणी चौधरी, थरुहट लोकतान्त्रिक परिषद्का अध्यक्ष लक्ष्मण थारु र थारु कल्याणकारिणी सभाका महामन्त्री फूलमति चौधरीले थारु राजनीतिबारे प्रकाश पारेकी थिइन्। बर्दियाली थारु विकास मञ्च, थारु युवा परिवार र थारु विद्यार्थी समाजलगायत सङ्घसंस्थाद्वारा आयोजित कार्यक्रममा कवितासमेत वाचन गरिएको थियो।tharu bardiyali program-5

 

Leave a Reply to BrettVow Cancel reply

Your email address will not be published.