दलहरु समानुपातिकको उम्मेदवारी निवेदन आज दिँदै

election commisionकाठमाडौं- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दर्ता गराउन राजनीतिक दलहरुलाई सोमबार निवेदन दिने कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार भोलि समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई भोलि पहिलो चरणमा निवेदन दिनुपर्ने कार्यसूची तय गरी सार्वजनिक रुपमा आह्वान गरेको हो।

सो निवेदन नदिने दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन नपाउने व्यवस्था भएकाले निवेदनका लागि आह्वान गरिएको हो। योगले निवेदन दर्ताका लागि सोमबार बिहान कार्यालय समय सुरु भएदेखि कार्यालय समय अन्त नहुँदासम्मको लागि समयावधि तोकेको छ।

समानुपतिक प्रणालीमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको सहजताका लागि प्रारम्भिक चरणमा निवेदन आह्वान गरिएको प्रवक्ता राईको भनाइ छ। सैगरी आयोगले यही असोज १५ गते निवेदन प्राप्त भएका राजनीतिक दलको निवेदन छानबिन गरी नामावली प्रकाशन गर्नेछ।  असोज १६ गते प्रकाशित सूचीमा नाम रहेका राजनीतिक दलले आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने व्यवस्था गरिएको  छ।

प्रवक्ता राईका अनुसार असोज १७ गते समानुपातिक उम्मेदवारका लागि निर्वाचन चिन्ह प्रदान गरिने छ। आयोगले सोमबार सम्पूर्ण राजनीतिक दललाई सभ्य र मर्यादित रुपमा कार्यालय समयभित्र उपस्थित भई निवेदन दर्ता गराउन भनेको छ।

Leave a Reply to MichaelBen Cancel reply

Your email address will not be published.