मिस्टर एन्ड मिस थारु फोटो प्रतियोगिता हुने

photo contestकाठमाडौं- थारु समुदायका गतिविधिलाई फेसबुक पेजमार्फत् सुसुचित गराउँदै आएको ‘थारु कम्युनिटी‘ले मिस्टर एन्ड मिस थारु फोटो प्रतियोगिता गराउने भएको छ। प्रतियोगतामा सहभागी हुन थारु समुदायकै ब्यक्ति हुनुपर्ने थारु कम्युनिटीले जनाएको छ। कुनै पनि थारु युवायुवतीले थारु भेषभुषामा सजिएर खिचिएको तस्बिर थारु कम्युनिटी पेजमा अपलोड गर्न सक्नेछन्। प्राप्त तस्बिरहरुमध्ये छानिएकालाई सोही फेसबुकमा अपलोड गरिनेछ। सबैभन्दा बढी लाइक पाउने तस्बिरले उपाधि जित्‍ने पेजका एडमिन आशिष चौधरिले बताए।
सबैभन्दा बढी लाइक हुने पुरुष र महिला दुबै क्याटोगरीमा दुई दुई जनालाई पुरस्कृत गरिनेछ। उपाधि जित्ने। ब्यक्तिले आकर्षक गिफ्ट र नगद पुरस्कार पनि दिइने थारु कम्युनिटीले जनाएको छ।

थारु कम्युनिटीले प्रतियोगिता सम्बन्धि राखेको शर्तहरु पढ्नुस्

Leave a Reply to Zacharymub Cancel reply

Your email address will not be published.