कपिलवस्तुमा तीन दिने सांस्कृतिक मेला हुने

gकपिलवस्तु– थारु सांस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले थारु उत्थान सामाजिक संस्था कपिलबस्तृले तीन दिने ‘थारु सांस्कृतिक मेला २०७०’  आयोजना गर्ने भएको छ। थारु कल्याणकारिणी सभाका पदाधिकारी, थारु बुद्धिजीवी र थारु अगुवाहरूको भेलाले बडा दशैंको अवसर पारेर सांस्कृतिक मेला आयोजना गर्ने निर्णय गरेको हो।

मेला असोज २१ देखि २३ गतेसम्म कपिलबस्तुको गोरुसिंगेमा हुनेछ। मेलामा थारु गीत संगीतको साथै झमरा, झर्रा, मयुर नाच हुनेछन्। युवालाई लक्षित गर्दै थारु सांस्कृति नृत्य प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ।

त्यसैगरी रुपन्देही र कपिलबस्तुबीच गायन प्रतियोगिता गरिने संस्थाका अध्यक्ष श्रीनिवास चौधरीले बताए। उनका अनुसार तीन दिने मेलामा सांस्कृतिक कार्यक्रमका साथमा भलिबल प्रतियोगिता समेत आयोजना गरिनेछ।

थारु निजामती कर्मचारी र शिक्षकको समूह तथा थारु पत्रकार, कलाकारको समूहबीच भलिबल प्रतियोगिता हुने चौधरीले बताए। मेलामा थारु चलचित्रका राष्ट्रिय स्तरका नकलाकार, गायकले थारु संगीत प्रस्तुत गर्नेछन्।

Leave a Reply to ElwoodTig Cancel reply

Your email address will not be published.