महिललाई जबरजस्ती गर्ने ब्यक्तिलाई कुटेरै मारे

धनगढी- धनगढी नगर क्षेत्रको एक महिलामाथि आज बिहान जबर्जस्ती गरेको आरोपमा कुटपिट गरी घाइते तुल्याइएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। आफ्नै घरमा सुतिरहेको अवस्थामा आएको भनिएको अपरिचित व्यक्तिले युवतीमाथि जबर्जस्ती गर्न खोज्दा गरिएको कुटपिटबाट घाइते भएका ती युवकको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता ऋषिराम कँडेलले बताए।

प्रहरीको प्रारम्भिक अध्ययनले मृतक रतनपुर गाविसका अन्दाजी २८ वर्षीय श्यामनाथ चौधरी रहेको जनाएको छ। प्रहरीले पीडित भनिएका महिलासहित उनका परिवारका सदस्य र छिमेकी कृषक रानालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

Leave a Reply to Lgaqbk Cancel reply

Your email address will not be published.