गच्छदारले भने- दस वर्षपछि म राष्ट्रपति

tharuhat tarei loktantrik parisadकाठमाडौं– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अबको दस वर्षपछि आफू राष्ट्रपति वा प्रधानमन्त्री हुने बताएका छन्। उनले दस वर्षपछि आफ्नो पार्टी नेपालकै पहिलो हुनेसमते बताए। ‘अबको दस वर्षपछि म राष्ट्रपति वा प्रधानमन्त्री हुन्छु,’ थरुहट तराई लोकतान्त्रिक परिषदको प्रथम उपत्यका भेलालाई सम्बोधन गर्दै उनले भने, ‘फोरम लोकतान्त्रिक अबको दस वर्ष नेपालको पहिलो पार्टी पनि बन्नेछ।’
उनले आफू देशको प्रधानमन्त्री बन्न पाए देशको राजनीतिलाई छताछुल्ल पार्ने बताए। ‘म प्रधानमन्त्री बनेपछि यो देशको राजनीतिलाई क्र्याकक्रुक पार्नेछु,’ उनले भने, ‘अनिमात्र यो देशको राजनीतिले सही दिशा लिने थियो।

उनले ११ र २५ बुँदेको मर्मअनुसारै मंसिरमा चुनाव हुने बताए। उनले चुनाबी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको सरकारले नै चुनाव गराउने बताए। ‘संविधान सभाको चुनाव मंसिर ४ गते नै हुन्छ,’ उच्च स्तरीय राजनीति समितिको बैठकबाट आएका उनले भने, ‘निर्वाचन ११ र २५ बुँदेको मर्मअनुसारै हुन्छ।’

उनले मधेसीको मन जित्नलाई थारु समुदायलाई एकीकृत गर्ने अभियानमा लागेको बताए। ‘मधेसीले थारुको नेता भएर थारुलाई एक्ल्याएको आरोप लगाए,’ उनले भने, ‘त्यसैले थारु नेताहरुलाई आफ्नो पार्टी प्रवेश गराउने अभियानमा लागेका छौं।’
उनले थारुको नेता भनेकै आफूमात्र रहेको बताए। पहिले परशुनारायण थारु भए पनि उनको मृत्युसँगै आफू अग्रपंक्तिको थारु नेतामा पर्ने उनले बताए।

उनले थरुहट राज्य जसरी पनि सुनिश्चित हुने बताए। ‘अखण्ड सुदूरपश्चिमको नारा लगाउनेहरुलाई मैले चिनिसकेँ,’ उनले भने, ‘त्यसैले अब थरुहट राज्य अवश्य हुनृछ।’

त्यसैगरी भेलाले मसिलाल चौधरीको नेतृत्वमा २५ सदस्सीय कार्यसमिति चयन गरेको छ। भेलाले उपाध्यक्षमा शशि चौधरी र केशरी चौधरीलाई चयन गरेको छ। सचिवमा भने शर्मिला चौधरी छन्। सदस्यहरुमा दिनेश कुमार चौधरी, तारा चौधरी, दिल्ली किशुल चौधरी, किरण चौधरी, दिनेश चौधरी, राजबहादुर चौधरी, गीताञ्जली चौधरी, निश्‍चल चौधरी, सीपी चौधरी, विजय चौधरी, भागवत चौधरी, रीता चौधरी, भागवत चौधरी, राखी चौधरी, विशाल चौधरी, रामप्रसाद चौधरी छन्।
थारुलाई गोलबद्ध गर्ने उद्देश्यसहित दुई महिना अगाडि लक्ष्मण थारु नेतृत्वमा गठन भएको थरुहट तराई लोकतान्त्रिक परिषद्ले विस्तारै जिल्ला कमिटीसमेत बनाउने जनाएको छ।

Leave a Reply to Robertnok Cancel reply

Your email address will not be published.