थारु घरमा पर्यटकको घुइँचो

farwest Tourism in ktm-7कावासोती- थारु समुदायले सुरु गरेको घरबास(होमस्टे)मा सुरुकै महिनामा ८४० जना स्वदेशी तथा विदेशी पर्यटक आएका छन्। नवलपरासीको अग्यौली–५ बाघखोरमा अमलटारी मध्यवर्ती उपभोक्ता समितिले थारुका २० घरमा घरबास सञ्चालन गरेको छ। जेठ ५ गतेदेखि सुरु भएको घरबास कार्यक्रममा एकमहिनामै यत्तिका पर्यटक आएको भन्दै उनीहरू हौसिएका छन्। 
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको अमलटारी मध्यवर्ती उपभोक्ता समितिले पर्यटक तान्न सुरुमा २० घरमा यो कार्यक्रम सुरु गरेको हो। यो नवलपरासी जिल्लाको पहिलो घरबास भएको ठाउँ हो। एक महिनामा २० विदेशी पर्यटक आएका छन् भने बाँकी सबै स्वदेशी छन्। सबैभन्दा धेरै बाँके जिल्लाबाट आएको अमलटारी मध्यवर्ती होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनिया थारुले बताए।
‘जैविक विविधता संरक्षण गरौँ, पर्याप्त पर्यटनको विकास गरौँ’ भन्ने नाराका साथ यहाँ घरबास कार्यक्रम सुरु गरिएको हो। तराई भू–परिधि कार्यक्रम (ताल) ले २० घर निर्माणका लागि ३० लाख रूपैयाँ उपलब्ध गराएको उनले बताए। घरबास भएका घरमा पाहुनाका लागि नुहाउने दुई कोठा निर्माण गरिएको छ। कोठा निर्माणमा घरवालाले एक चौथाइमात्र बेहोरेको ३ नं होमस्टेका सञ्चालक हस्तबहादुर महतोले बताए।
टायर गाडामा जङ्गल भ्रमण, थारु र बोटे समुदायको सांस्कृतिक नृत्य, भिलेज वाकलगायत विशेषता घरबास कार्यक्रममा पाइन्छ। यसरी बनाइएको एउटा घरमा चार जनासम्म बस्न मिल्छ। एकैपटक अस्सी जनासम्मको सङ्ख्यामा आएको समूहलाई राख्न सकिने अध्यक्ष मर्दनिया थारुले बताए।
पूर्व–पश्चिम राजमार्गको डण्डाबाट करिब छ किलोमिटर दक्षिण नारायणी नदीको किनारमा पर्छ अमलटारी घरबास। यातायातको सुविधा अनि शान्त ठाउँ भएकाले यहाँको घरबास रोजाइमा पर्ने गरेको छ। यहाँ मासुसहितको खाना रु १५० मा पाइन्छ भने सादा खानाको मूल्य रु नब्बे मात्र रहेको छ। रासस

Leave a Reply to Robertnok Cancel reply

Your email address will not be published.