केशरी सम्मानित

Kesari Chaudhary-1काठमाडौं- एथलेटिक्स खेलाडी केशरी चौधरी सम्मानित भएकी छन्। बर्दियाली थारु विकास मञ्च नेपालको पाचौं अधिवेशनको उद्‍घाटनमा खेलमार्फत् थारु समुदायलाई चिनाएको भन्दै उनलाई सम्मान गरिएको हो। थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहितले उनलाई प्रमाण पत्र र खादा ओढाइ सम्मान गरेको थियो।

पल्सर स्पोर्टस अवार्ड २०६९ का लागि लोकप्रिय खेलाडीको मनोनयमा परेकी केशरी चौधरी एसियन च्याम्पियनसिपका लागि भारत जान लागेको बताइन्। भारतको पुणेमा हुने च्याम्पियसिपमा उनीसँगै तिलकराम थारु, दिलमाया कार्की र कल्याण बानियाँसमते सहभागी हुनेछन्। ‘असार १३ गते एसियन च्याम्पियनसिपका लागि भारत जाँदैछु,’ हाइजम्प, लङजम्प, टि्रपलजम्प र १ सय मिटर हडल्समा गरी गत वर्ष चार राष्ट्रिय कीर्तिमानी चौधरीले भनिन्, ‘यही खेलले वर्ल्ड च्याम्पियनसिपको छनौट गर्नेछ।’
रसियामा हुने वर्ल्ड च्याम्पियनसिपमा भारतमा खेल्ने चार खेलाडीमध्ये दुई जना सहभागी हुनेछन्।

उनले पल्सर लोकप्रिय खेलाडी बनाइदिन पनि सबैसँग आग्रह गरिन्। ‘तपाइँहरुको एउटा भोटले मैले पल्सर अवार्ड जित्‍ने अवसर पाउनेछु,’ उनले आग्रह गर्दै भनिन्, ‘त्यसैले मेरा निम्ति एउटा भोट गरिदिनु हुन अनुरोध गर्छु।’

उनलाई फेसबुकमाफर्त् यहाँ क्लिक गरी लाइक गरिदिएर भोट गर्न सक्नुहुन्छ। अथवा, मोबाइलको म्यासेज बक्समा गइ PULSAR स्पेस KC टाइप गरी ३१३१ मा एसएमएस पठाएर भोट गर्न सक्नुहुन्छ।

Leave a Reply to ElmerFoede Cancel reply

Your email address will not be published.