झुम्कामा राष्ट्रिय थारु चलचित्र महोत्सव

Tharu Film Festival at Jhumka-3अमर खड्का, झुम्का– देशभरका थारु समूदायले निर्माण गरेका चलचित्र र डकुमेन्ट्री एकैस्थानमा प्रदर्शन गर्नका लागि सुनसरी झुम्कामा सोमबारदेखि प्रथम राष्ट्रिय थारु चलचित्र महोत्सव सुरु भएको  छ। दुई दिनसम्म चल्ने महोत्सवको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उद्‍घाटन गरे।

‘मातृभाषाको कला, संस्कृति एवं चलचित्रलाई संरक्षण गरौं थारु जातिको पहिचान र अधिकार स्थापित गरौ’ भन्ने नाराका साथ सुरु भएको महोत्सव उद्घाटनका क्रममा थारु समूदायको मौलिक पहिचान झल्कने झाकी र  नृत्य प्रदर्शन गरियो। हपहपी गर्मी हुदाँ पनि थारु समूदायसहित अन्य समूदायको बाक्लो जमघट गरेको कार्यक्रममा थारु समूदायलेको पहिचान झल्कने धुमरा नाचले दर्शकको मन तानेको थियो। यो नाचमा सुनसरी र मोरङका बुढेसकाल लागेका पूराना कलाकारले नाच देखाएका थिए। यो थारु समूदायको सवैभन्दा पूरानो नाच मानिन्छ।

‘सुन्दर से सुन्दर देश हाम्रो धर्ती’ गीतमा किशोरकिशोरी कलाकारले पहिलो नृत्य प्रस्तुत गरेपछि एकपछि स्थानबाट सहभागी भएका थारु समूदायलाई झाकी प्रस्तुत गर्न लगाइएको थियो। झाकी प्रदर्शनका क्रममा केही सीमित पुरुषबाहेक बढीमात्रमा महिलाले प्रस्तुत गरेका थिए। उद्घोषकले पनि बीच–बीचमा थारु समूदायका  महिलालाई हौसाएका थिए। दर्शकलाई मनोरञ्जन दिलाउने क्रममा राजाके हवातीया नटुवा नाचे गीतमा प्रस्तुत गरिएको नृत्यले पनि दर्शकको ध्यान तानेको थिए।

महोत्सवको थारु समूदायका कलाकारले २०६४ सालमा निर्माण गरेको करम चलचित्रसहित  २५ भन्दा बढी थारु चलचित्र र डकुमेन्ट्री प्रदर्शन गरिनेछ। ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समूदायका कलाकारले निर्माण गरेको चलचित्र एउटै छानामुनीबाट प्रदर्शन गर्न र बजार प्रवर्द्धनका लागि महोत्सव गरिएको हो,’ आयोजक आदिवासी कलासंस्कृति प्रतिष्ठानका अध्यक्ष पर्शुराम चौधरीले भने।

चलचित्र महोत्सव उद्‍घाटनका क्रममा पूराना कलाकार सिराहाका कुचितलाल चौधरी, सुनसरीका कुचल चौधरी, सप्तरीका भरत चौधरी, सुनसरीका हरिनारायण तवदार र मोरङकी रम्भादेवी चौधरीलाई सम्मान गरियो। सवैलाई माओवादी अध्यक्ष दाहालले सम्मानपत्र प्रदान गरी सम्मान गरे।

यस्तै, चलचित्र निर्माण गर्न झन्डै एक सय जना कलाकारलाई मंगलबार सम्मान गरिनेछ। बिहान ११ बजे कार्यक्रम उद्घाटन तय गरिएपनि झन्डै तीन घण्टापछि कार्यक्रम सुरु गरिएकाले गर्दा समय अभावमा चलचित्र निर्माण गर्ने कलाकारलाई मंगलबार सम्मान गरिने जनाइएको छ।

चलचित्र महोत्सवको उद्घाटनका क्रममा राष्ट्रिय गान गाउने क्रममा कार्यक्रमका प्रमुख अतिथि माओवादी अध्यक्ष दाहाल र अन्यलाई तीनपटकसम्म उठाउँदा खल्लो भएको महसुस गरेका थिए।

राष्ट्रिय गान गाउने क्रममा गीत नबज्दा सुरुवातमा अतिथीलगायत अन्य सहभागीले आफैंले गाएर बस्नेवितिकै फेरि टेक्सियनले गीत बजाएपछि जुरुक्क उठनासाथ बन्द भएको थियो। केही क्षणपछि पुनः टेक्सियनले गीत बजाएपछि राष्ट्रिय गानप्रति सम्मान दर्साएका थिए।

चलचित्र महोत्सव उद्घाटन कार्यक्रम माओवादी अध्यक्ष दाहालले दुईवटा गमलामा राखिएको फुलमा पानी हालेर गरेका थिए। सो क्रममा दाहालले महोत्सवले थारु समूदायको मौलिक भाषा, संस्कृति र पहिचानलाई स्थापित गर्न केहीहदसम्म सहयोग पुग्ने बताए। सो क्रममा थरुहट तराई पार्टीका नेता गोपाल दहित, चन्द्रकुमार चौधरी, पूर्व विना बिभागीय मन्त्री राजलाल यादवले महोत्सवले थारु समूदायको भेषभूषा, भाषा र संस्कृतिको जगेर्ना गर्नमा पनि सहयोग पुग्ने बताएका थिए।Tharu Film Festival at Jhumka-7

Leave a Reply to Kevinrab Cancel reply

Your email address will not be published.