सरकार र कमलरीबीच दस बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

cheering with happy-1काठमाडौं- सरकार र कमलरी प्रथा उन्मुलन संघर्ष समितिबीच दस बुँदे सहमित भएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा जोशीको नेतृत्वमा शुक्रबार भएको सात घन्टा लामो छलफलपछि सहमति भएको हो। सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ। सिर्जना चौधरीको हत्यामा संलग्न भनिएका युवराज पौडेल र शंकर अधिकारीलाई छानबिन समितिले अनुसन्धानको दायरामा ल्याएपछि वार्ता सफल बनेको टोलीका फकला थारुले बताए। ‘सरकारले सिर्जनाको अभियुक्तलाई अनुसन्धानको दायरामा ल्याएको छ,’ उनले भने, ‘घाइतेको उपचार पनि सरकारले ब्यवहोर्ने भनेपछि कुरा मिलेको हो।’

दस बुँदे सहमतिअन्तर्गत सिर्जनाको परिवारलाई अन्तरिम राहतबापत पाँच लाख उपलब्ध गराउने भएको छ। हत्या पुष्टि भए थप पाँच लाख दिने, अन्य मृतक तथा बेपत्ताको खोजी गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने, कुमारी आमा बनेकाको हकमा नाता र अंश कायमका लागि तत्काल कारबाही प्रक्रिया अगाडि थाल्ने, मन्त्रिपरिषद्बाट एक महिनाभित्र कमलरी मुक्तिको घोषणा गर्ने तथा हालः रहेकाको तत्काल उद्धार गर्ने, छात्रावृत्ति वृद्धिका लागि निर्देशिका संसोधन प्रकृया अगाडि बढाउने,

कमलरीको तत्काल परिचय वितरण अगाडि बढाउने र आन्दोलनका क्रममा प्रहरी नियन्त्रणमा रहेकालाई बिना शर्त शुक्रबारै रिहा गर्नेमा सहमति भएको फकला थारुले बताए।

वार्ता सफल भएसँगै पशुपति धर्मशालमा रहेका कमलरीहरुले खुसी साटासाट गरेका छन्। हाम्रो विजयी भएको भन्दै उनीहरुले खुसी मनाएका हुन्।

विज्ञप्तीको पूरा पाठ पढ्नुस् 

आज मिति २०७० साल जेठ २४ गते कमलरी प्रथा उन्मुलनको लागी संयूक्त संघर्स समिति र नेपाल सरकार विच सम्पन्न सहमतिका वुँदाहरु

१) दाङ्ग जिल्ला लालमटिया गा. वि. स. वडा नं. ८ घर भई ललितपुर चाकुपाट स्थित यूवराज पौडेलको डेरामा वालमजदुरको रुपमा कार्यरत वर्ष १३ की सृजना चौधरीको मृत्युभएको घटनाको सम्वन्धमा यर्थात सत्यतथ्य पत्तलगाई दोषी देखिएका व्यक्तिहरुलाई प्रचलित कानुन वमोजिम कारवाही गर्न उच्च स्तरीय छनविन समिति गठन गर्ने।
२) मिति २०७० साल जेठ १९ गते मुक्त कमलरीहरुवाट शान्तिपूर्ण सिंहदरवार घेराउको क्रममा घाईते भएका आन्दोलनकारीहरुको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्याहोर्ने।

३) सृजना चौधरीको मृत्युका सम्वन्धमा छनविन गर्न गठीत समितिले दिने प्रतिवेदनको आधारमा प्रचलित माप दण्ड वमोजिम अन्तिम निणर्य गर्ने गरी तत्काल अन्तरीम राहत स्वरुप मृतक सृजना चौधरीको परिवारलाई रु ५,०००,००।०० (पँाच लाख) उपलव्ध गराउने। साथै कैलाली जिल्ला चौमाला ८ दैदवाडीका मृतक मेघी चौधरीको परिवारलाई समेत आवश्यक सहयोग उपलव्ध गराउन नेपाल सरकारलाई सिफारीस गर्ने।
४) कमलरीको रुपमा वालमज्ादुर भई कार्यरत हुँदाको अवस्थमा वेपत्ता भएका कमलरी वालिकाहरुको हकमा छानविन गरी सत्यतथ्य पत्ता लगाउन र मृतक कमलरीहरु कैलाली टिकापुर ९ की सरिता चौधरी, दाङ्ग रामपुरकी सिमा होजा मगर, कैलाली धनगडी नपा वडा नं. ८ धनगडी गँाउकी उर्मिला राना थ्ाारु र कैलाली चौमाला गा. वि स. वडा नं. ८ की मेघी चौधरीको मृत्युका सम्वन्धमा १० दिन भित्र छानविन समिति गठन गर्ने गरी नेपाल सरकार समक्ष सिफारीस गर्ने।

५) विनियोजित वजेटको परिधि भित्र रही विद्यामान कमलरी छात्रावृत्ति व्यवस्थामा वृदि गर्नका लागी प्राप्त माग अनुसार मुक्त कमलरीका लागी शिक्षा निर्देशिका २०६८ लाई परिमार्जन गर्न प्रक्रिया अगाडी वढाउने।

 

६) कमलरी प्रथा प्रचलित कानुन वमोजिम निशेधित कार्य भएकाले मन्त्रि परिषदवाट कमलरीे मुक्तिको घोषणा एक महिनामा गरी उद्धार हुन वँाकी रहेका कमलरी वालिकाहरुको उद्धार गरी पुनस्थापना गर्ने प्रक्रिया अगी वढाउने र वालिकाहरुलाई कमलरीको रुपमा राख्ने सवैलाई तत्काल कानुनि दायरामा ल्याउने।
७) मुक्त कमलरीहरुलाई परिचय पत्र वितरण गर्न तत्काल प्रक्रिया शुरु गर्ने।

 

८) कमलरीको रुपमा रहदँाको अवस्थामा कार्यरत घरमै यौन शोषणवाट आमा वन्न पुगेकाहरुवाट जन्मेका वालवालिकाहरुको पहिचान र अंशको अधिकार सुनिश्चित गर्न आवश्यक प्रक्रिया अगाडी वढाउने।

९) सृजना चौधरीको मृत्यु भएको घटनाको सम्वन्धमा दाङ्ग लगायत मुलुकका विभिन्न जिल्लाहरुमा कमलरीहरुले गरेको आन्दोलनका क्रममा गिरफ्तार भएका आन्दोलनकारीहरुलाई आजै निशर्त रिहा गर्ने।

१०) आन्दोलनकारी पक्षले सवै आन्दोलनका कार्यक्रमहरु आजै देखी फिर्ता गर्ने।
………………………… ……………………….
श्री ऋदी वावा प्रधान चन्द्र कुमार चौधरी थारु माननिय मन्त्री संयोजक
महिला वाल वालिका तथा समाज कल्याण कमलरी प्रथा उन्मुलनको लागी संयूक्त संघर्स समिति

Leave a Reply to ElmerFoede Cancel reply

Your email address will not be published.