थरुहट तराई लोकतान्त्रिक परिषदमा लक्ष्मण थारु

नेपालगन्ज– फोरम लोकतान्त्रिक शुभेच्छुक संस्था थरुहट तराई लोकतान्त्रिक परिषद अध्यक्षमा लक्ष्मण थारु चयन भएका छन्। नेपालगन्जमा सम्पन्न राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। परिषद उपाध्यक्षमा योगेन्द्र थारु, महासचिव मोहनलाल चौधरी, सचिव गीता चौधरी र कोषाध्यक्षमा सन्तराम चौधरी छन्। कार्यसमिति १ सय २० सदस्यीय छ।

सम्मेलनले ७ बुँदे घोषणापत्र समेत जारी गरेको छ। यथाशिघ्र चुनावी वातावरण निर्माण गरी दोस्रो संविधानसभा निर्वाचन तिथि घोषणा गर्नुपर्ने, संविधानसभा सदस्यको पुरानै संख्या र अनुपात कायम गर्नुपर्ने, पहिचानसहितका १० संघीय राज्यमा थरुहट प्रदेश स्थापनाको ग्यारेन्टी गर्नुपर्नेलगायत माग घोषणापत्रमा छन्। घोषणापत्र सार्वजनिक गर्दै परिषद अध्यक्ष लक्ष्मण थारुले संविधानसभा चुनावको मिति एक साताभित्र घोषणा नगरे दबाब मुलक आन्दोलन गर्ने चेतावनी दिए।

थारु जातिमा प्रचलनमा रहेको बडघर, भलमन्सा, मटवा प्रथालाई कानुनी मान्यता दिलाउन पहल गर्ने उनले बताए। आफूहरुका माग सरकारले पुरा नगरे थारु युवा शक्ति परिचालन गर्न बाध्य उनले चेतावनी दिए।

Leave a Reply to ErnestMaw Cancel reply

Your email address will not be published.